site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नासाले गर्‍यो सर्वाधिक तातो वर्षको पुष्टि

लस एन्जलस । नासाका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड सबैभन्दा तातो रहेको देखाएको छ ।

सन् २०२४ मा विश्वव्यापी तापमान २०औँ शताब्दीको आधारभूत रेखा (सन् १९५१–१९८०) भन्दा १.२८ डिग्री सेल्सियसभन्दामाथि रहेको थियो ।

नासाका प्रशासक बिल नेल्सनले भने,“फेरि पनि तापक्रमको रेकर्ड तोडिएको छ । सन् १८८० मा रेकर्ड राख्ने काम सुरु भएदेखि सन् २०२४ सबैभन्दा तातो वर्ष रहेको देखिएको छ ।”

वैज्ञानिकहरूले हालैका दशकहरूमा तापक्रम वृद्धिको लागि कार्बन डाइअक्साइड, मिथेन र अन्य हरितगृह ग्यासहरूलाई दोष दिन्छन् ।

हालैको अन्तर्राष्ट्रिय विश्लेषणका अनुसार सन् २०२२ र सन् २०२३ मा पृथ्वीले जीवाश्म इन्धनबाट कार्बन डाइअक्साइड उत्सर्जनमा कीर्तिमानी वृद्धि देख्न सकिन्छ ।

वायुमण्डलमा कार्बन डाइअक्साइडको एकाग्रता बढेर आज लगभग ४२० भाग प्रति मिलियनमा पुगेको छ । रासस/सिन्ह्वा

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro