site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यस्ता छन् अध्यादेशमा समावेश भएका मुख्य विषय
फाइल तस्बिर ।

काठमाडौं । सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धि ११, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवासम्बन्धी १३ र भूमि तथा वनसम्बन्धी तीन गरी २७ ऐनमा अध्यादेशमार्फत् संशोधन गरिएको जनाएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र निजीकरण ऐन, २०५० मा पनि केही समसामयिक विषय सम्बोधन गर्न र कार्यविधिगत स्पष्टता प्रदान गर्न केही प्रावधान संशोधन गरी अन्य दुई छुट्टाछुट्टै अध्यादेश पनि जारी गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीसहित बुधबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए । उनले अध्यादेशको व्यवस्था पढेर सुनाए ।

यस्ता छन् अध्यादेशमा समावेश भएका मुख्य विषय

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्