site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमास–इजरायल युद्धविराम वार्ता : ३३ बन्धक छाड्ने सम्भावना, रिहा हाेलान् विपीन जाेशी ?

काठमाडौं । कतारको राजधानी दोहामा हमास र इजरायलबीच युद्धविराम गर्ने विषयमा वार्ता भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार युद्धविरामको वार्ता यही हप्ता निष्कर्षमा पुग्ने सम्भावना छ ।

हमास र इजरायलबीच युद्धविराम भएमा हमासको कब्जामा रहेको ३३ जना बन्धक रिहा हुने अपेक्षा गरिएको छ । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा हमला गरेपछि २५१ जनालाई बन्धक बनाएर आफ्नो साथमा लगेको थियो ।

२५१ जना बन्धकमध्ये १५७ जना रिहा भइसकेका छन् । सन् २०२३ को २४ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म भएको युद्धविरामका क्रममा हमासले १०९ जना बन्धक रिहा गरेको थियो । आठजना बन्धनको इजरायली सेनाले उद्धार गरेको थियो । हमासको नियन्त्रणमा रहेकामध्ये ३७ जना बन्धक मृत फेला परिसकेका छन् । त्यसैगरी इजरायली सेनाको आक्रमणमा परेर तीनजना बन्धकको मृत्यु भएको छ ।

हाल हमासको नियन्त्रणमा ९४ जना छन् । ती ९४ जनामध्ये पनि ३४ जनाको मृत्यु भइसकेको इजरायली सरकारको दाबी छ । हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना मात्र जीवितै छन् । हमासले मृतकको शरीर पनि आफ्नो कब्जामा राखेको छ ।

यसपटक युद्धविराम भएमा रिहा हुने ३३ जनामा शव फिर्ता ल्याउने मुख्य काम हुने बताइएको छ ।

हमासको नियन्त्रणमा नेपाली विद्यार्थी विपीन जोशी पनि छन् । ७ अक्टोबर २०२३ मा उनलाई हमासले बन्धक बनाएको थियो । इजरायली सरकारका अनुसार उनी हमासको नियन्त्रणमा जीवितै छन् । यसपटक हुनसक्ने सम्भावित युद्धविरामका क्रममा विपीन रिहा हुने/नहुने अझै निश्चित छैन ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro