site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वसन्तपुरदेखि टुँडिखेलसम्म थारू समुदायको माघी (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा बसोवास गर्दै आएका थारू समुदायले विविध सांस्कृतिक कार्यक्रम गर्दै माघी पर्व मनाएका छन् । 

माघी पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा भेला भएका थारू समुदायले आ–आफ्नो कला संस्कृतिको प्रदर्शनका साथै शुभकामना आदानप्रदान गरेका छन् । 

माघीको अवसरमा काठमाडौंको वसन्तपुरबाट थारु समुदायका युवाहरूले नाचगान गर्दै र्‍याली निकालेका थिए । र्‍याली वसन्तपुरबाट निस्केर टुँडिखेलसम्म पुगेर कार्यक्रममा परिणत भएको थियो। 

माघेसंक्रान्ती पर्वको अवसर पारेर नेपाल मगर संघले पनि काठमाडौंको टुँडिखेलमा दुईदिने महोत्सवको आयोजना गरेको छ । नेपालको सबै जिल्लामा मगर जातिको बसोवास रहे पनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ । 

यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूल र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाइधुवाइ गरेर महिलाले मूलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन् ।

यस दिन छोरीचेलीलाई माइतीका तर्फबाट दाजुभाइले पूजा गर्छन् । चामलको सेतो टीका र जौको फूल लगाई दक्षिणा अनि आशीर्वाद दिने प्रचलन छ ।

छोरीचेलीलाई गिठ्ठा, भ्याकुर, पिँडालु, तरुल, रोटीसहितको परिकार मिसिएको ‘मिस्रा’ दिने गरिन्छ । घरमा आएका चेलीलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरूकै घर–घरमा पठाइदिने गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro