site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

सरकारी स्वामित्वका विद्युतीय सञ्चार माध्यमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक सेवा प्रसारणको पूर्वाभ्यास गरिएको छ । सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ मा ‘प्रतिस्पर्धी र उत्तरदायी सार्वजनिक सेवा प्रसारण संस्था’ स्थापना र सञ्चालन गरिन लागेको हो ।  

लोकतन्त्रमा सरकारले सञ्चार माध्यमहरू सञ्चालन गर्नु उचित कि अनुचित भन्ने विषय भइरहेकै छ । नेपालमा हाल सरकारले रेडियो, टेलिभिजन र छापा तीनै प्रकारका सञ्चार माध्यम चलाइरहेको भए पनि सार्वजनिक सेवा प्रसारणमा रेडियो नेपाल र नेपाल टेलिभिजनमात्र समेटिएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ को प्रस्तावनामा जे लेखिएको भए पनि यसको सार्वजनिक सेवा प्रसारणसंस्था सरकारकै पूर्ण नियन्त्रणमा रहिरहने देखिन्छ । यसैले रेडियो नेपाल वा नेपाल टेलिभिजनको अहिलेको प्रसारणमा तात्त्विक परिवर्तन नहुने सम्भावना नै बलियो छ ।  

अहिले सार्वजनिक क्षेत्रका सञ्चार माध्यमहरू ‘सरकारी मुखपत्र’का रूपमा रहेका छन् । सरकार फेरिएपिच्छे समाचारको ‘स्वर’ बदल्नु त यस्ता मुखपत्रहरूको विशेषता नै हो । यसैले साधन स्रोत र जनशक्तिका सापेक्षतामा सरकारी सञ्चार माध्यमहरूको साख भने निकै कमजोर छ । 

नेपालमा जनसञ्चारमा माध्यमको थालनी सरकारी स्वामित्वमा नै भएको हो । गोरखापत्र राणाकालमै छाप्न थालिएको थियो भने रेडियो नेपालको प्रसारण जनक्रान्तिका सन्दर्भमा भएको थियो । नेपाल टेलिभिजन पञ्चायतकालमा खुलेको हो । यसैले राज्यको स्वामित्वमा भए पनि यिनीहरूको प्रकृति सरकारी ‘मुखपत्र’जस्तै रहेको हुनुपर्छ । 

नयाँ ऐन नै बनाएर थालिएको सार्वजनिक सेवा प्रसारणको पनि प्रकृति उस्तै हुने हो यो राज्यका लागि अर्को बोझमात्र पनि हुनसक्छ । सरकार वा विपक्षमा रहेका राजनीतिक दलको नेतृत्व हेर्दा यसको पनि प्रकृतिमा तात्त्विक फरक पर्ने अपेक्षा भने गर्न सकिँदैन ।

सार्वजनिक भनिएका सञ्चार माध्यमहरू सरकार र सत्तामा रहेका दलहरूको नियन्त्रण र निर्देशनमा राख्ने अभ्यास अन्त्य गर्न सकेमात्र सार्वजनिक सेवा प्रसारण सार्थक हुनसक्छ ।  अन्यथा, यो अभ्यास रेडियो नेपाल र नेपाल टेलिभिजन सरकारमा रहेको दलको प्रचार संयन्त्रमै सीमित हुनेछन् ।   

सार्वजनिक सेवा प्रसारण संस्था सरकारका गलत नीतिको आलोचना र मानव अधिकार उल्लंघनका घटना उजागर गर्न सक्षम भएमात्र यो निष्पक्ष एवं स्वायत्त भएको मानिनेछ । यो संस्था दलगत वा सरकारी प्रचार संयन्त्र होइन जनमुखी बन्न सकोस् र सरकारी विरोधीहरूका विरुद्ध दुष्प्रचार अस्त्र नबनोस् भन्ने शुभकामना !
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro