अर्थ व्यवसाय
काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार ललितपुरमा सम्पन्न भएको सभा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ ।
फोनपेका सेयरधनीलाई ०८१ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
कम्पनीले लेखा परीक्षणका लागि एनबीएसएम एन्ड एसोसियटलाई नियुक्त गरेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१ १२:०५
प्रतिक्रिया दिनुहोस्