site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हसिनाका परिवारैविरुद्ध भ्रष्टाचार मुद्दा

ढाका । बंगलादेशको भ्रष्टाचारविरोधी आयोगले त्यहाँकी सत्ताच्युत प्रधानमन्त्री शेख हसिना र उनको परिवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यो सूचीमा बेलायती सरकारका मन्त्री र संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारी पनि समावेश छन् । 

सन् २०२४ अगस्टको क्रान्तिपछि ७७ वर्षीया हसिना छिमेकी भारत भागेकी थिइन् । उनीमाथि सामूहिक हत्यासहितका आरोप लागे पनि उनले बंगलालादेश सरकारले गरेको प्रत्यर्पण अनुरोध अस्वीकार गरेकी थिइन् । 

यी मुद्दा राजधानी ढाकाको उपनगरमा रहेका मूल्यवान् जग्गाहरूको कथित अतिक्रमणसँग सम्बन्धित छन् । “शेख हसिनाले केही अधिकारीहरूसँग मिलेर आफू र आफ्ना परिवारका सदस्यहरूका लागि प्लटहरू छुट्याउनुभयो,” भ्रष्टाचारविरोधी आयोग (एसीसी)का महानिर्देशक अख्तर हुसेनले पत्रकारलाई भने । 

यस मामिलामा नाम उल्लेख गरिएका व्यक्तिहरूमा हसिनाकी भतिजी एवं बेलायती भ्रष्टाचारविरोधी मन्त्री ट्युलिप सिद्दिक पनि रहेको हुसेनले जानकारी दिए । यद्यपि, सिद्दिकले आफूले केही गलत नगरेको दाबी गरेकी छिन् । 

विश्व स्वास्थ्य संगठनकी दक्षिणपूर्वी एसियाकी प्रमुख सायमा बाजेद पनि यो सूचीमा छिन् । उनी हसिनाकी छोरी हुन् । बाजेदबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

“एसिसी अनुसन्धान टोलीले आवश्यक कागजातहरू प्राप्त गरेको छ र मुद्दा दायर गर्न पर्याप्त प्रमाण फेला पारेको छ,” हुसेनले भने, “थप अनुसन्धान गर्दा सम्पत्ति प्राप्तिका सम्बन्धित विवरणहरू पनि समावेश गरिनेछन् ।”

हसिनाका छोरा सजीब वाजेद जोय र सिद्दिककी आमा एवं हसिनाकी बहिनी शेख रेहानाको नाम पनि राखिएको छ । 

बंगलादेशको भ्रष्टाचारविरोधी आयोगले डिसेम्बरमा रुसी लगानीको आणविक ऊर्जा संयन्त्रसँग सम्बन्धित पाँच अर्ब डलरको कथित हिनामिना गरेको आरोपमा हसिनाको परिवारविरुद्ध अनुसन्धान सुरु गरेको थियो ।

घुसको आरोप १२ अर्ब ६५ करोड डलरको रुपपुर आणविक संयन्त्रसँग सम्बन्धित छ । उक्त संयन्त्रमा मस्कोले ९० प्रतिशत ऋण लगानी गरेको थियो । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro