site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अब कुनै पनि नागरिकले खाद्य अभाव झेल्नुपर्दैन : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अब कुनै पनि नागरिकले खाद्य अभाव झेल्नु नपर्ने बताएका छन् ।

सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले खाद्य संप्रुभुत्ता नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्ने जिम्मा सरकारले लिएको उल्लेख गरे ।

उनले सरकारले खाद्यान्न ढुवानीमा अनुदान दिँदै आएको बताए । देशभरका नागरिकको सहज र सस्तो मूल्यमा खाद्यान्न प्राप्त गर्न सकुन् भनेर समय समयमा अनुदान दिँदै आएको बताए । सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग गर्ने कार्यविधिलाई पास गरेको उल्लेख गर्दै अब सरकारी कार्यालयहरूमा नेपाली कागजको प्रयोग नगरे बेरुजु आउने स्पष्ट पारे । उनले सार्वजनिक निकायमा स्वदेशी वस्तुको मात्र उपभोग गर्ने कार्यविधिलाई कडाइका साथ पालना गर्नुपर्ने बताए ।

उनले भने, "संविधानप्रदत्त अधिकार आज आम नेपालीहरूले खाद्य अभावमा बाच्न नपरोस् । खाद्य संप्रुभुत्ता संवैधानिक अधिकार हो । त्यसलाई पूरा गर्ने परिभाषित जिम्मा सरकारले लिएको छ । सरकारले खाद्यान्न ढुवानीमा केही अनुदान दिएको छ । चाडपर्वलक्षित सहुलियत मूल्यमा अनुदान दिएको छ । दुर्गम भूगोलमा पनि अनुदान दिँदै आएको छ ।"

उनले विदेशी वस्तुको आयात प्रतिस्थापन गर्दै स्वदेशी वस्तुको उपभोगमा जोड दिनुपर्ने बताए ।

 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro