site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राखेप उपाध्यक्ष आचार्यको पदबहाली
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले आज पदबहाली गरेका छन् । उनलाई आजै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ गराएका थिए । 

युवा तथा खेलकुद मन्त्रालयले मनोनयनपत्र पनि हस्तान्तरण गरेको थियो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई आजै राखेपमा स्वागत गरे । 

यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उपमहानगरपालिका–७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष हुन् ।

यसअघिका उपाध्यक्ष शिव कोइरालाको ०८१ साल साउन ११ गते पदावधि सकिएपछि उपाध्यक्ष पद रिक्त रहेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro