site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपीन जोशी र रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई फिर्ता गर्न पहल भइरहेको छ : मन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइका लागि पहल भइरहेको बताएकी छिन् । 

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री राणाले हमासको नियन्त्रणमा रहेका विपीन जोशी सकुशल रहेको भन्दै रिहाइका लागि पहल भइरहेको बताएकी हुन् । 

युद्धबन्दीलाई छाड्ने क्रममा विपीन जोशीलाई छाड्नका लागि आफूले कूटनीतिक तवरबाट पहल गरिरहेको उनले बताइन् । त्यस्तै, उनले रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई समेत सकुशल फिर्ता गर्नका लागि अनुरोध गरिएको जानकारी दिइन् । 

उनले हालै प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई सम्झौतालाई ऋणलाई नभई अनुदानमा अघि बढाउने सहमति भएको जानकारी दिइन् । पटक–पटक अध्ययन गरेर बीआरआईलाई अघि बढाइएको भन्दै उनले राष्ट्रहितअनुसार नै अघि बढाइएको दाबी गरिन् । 

त्यस्तै, परराष्ट्रमन्त्री राणाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को बैठक राख्नसमेत पहल गरिरहेको, तर भारतबाट सकारात्मक जवाफ नआएको जानकारी दिइन् । सार्कको मुख्य बैठक बस्न नसकेपछि अन्य क्रियाकलाप भने जारी रहेको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro