site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्णबास म्यूजियम होटलले सार्वजनिक सेयर निष्कासन गर्ने 

काठमाडौं । काठमाडौंको कान्छो पाँचतारे वर्णबास म्यूजियम होटलको पहिलो साधारण सभाले यस होटलमा सर्व साधारणलाई लगानी गर्ने अवसर सिर्जना गर्ने निर्णय गर्दै करिब चालिस प्रतिशत सार्वजनिक सेयर निष्कासन गर्ने निर्णय पारित गरेको छ ।

गैह्रीधारामा अवस्थित यस म्युजियम होटलले आफूलाई चार वर्ण र छत्तीस जातको फूलबारीको रूपमा प्रस्तुत गर्दै हरेक तलाको र कोठाको ऋंगार नेपालका विभिन्न संस्कृति र जातजातीहरूको विशेषता प्रतिबिम्बित गरेको छ । होटलको कौशी सगरमाथा, ल्होत्से, र नुप्त्से हिमालको आकृति बनाइएको छ ।

वर्णबास म्युजियम होटलले नेपाली लगानीकर्ताहरूका लागि सांस्कृतिक रूपमा प्रतीकात्मक र आर्थिक रूपमा सुरक्षित सम्पत्तिमा लगानी गर्ने अवसर प्रदान गर्दछ। यसको अनुपम स्थान, सांस्कृतिक महत्व, र लक्जरी सुविधाले यसलाई जनताको विश्वास प्राप्तगर्ने बलियो उम्मेदवार बनाउँने कुरा होटलका अध्यक्ष तथा सांसद राजेन्द्र बजगाईंले बताएका छन् ।

यो सेयरमा लगानी गर्ने सर्वसाधारणले कसरी फाईदा पाउँछन् त भन्न् बाह्रखरीको प्रश्नमा बजगाईं भन्छन्, "उपत्यकाका हरिया पहाड वा काठमाडौँ उपत्यकाको नजिकै लिजमा आधारित सामुदायिक वनमा बनेका रिसोर्टहरूको सम्पत्ति हेर्दा, जसमा केबलकार पनि समावेश छन्, ती रिसोर्टहरूको आरम्भिक बुक भ्यालु प्रति शेयर ८० सेन्टभन्दा कम थियो। तर सेयर बजारमा गएपछि यसको शेयर २५ डलरमा बिक्री भएको थियो, जसले उल्लेखनीय प्रिमियम प्रदान गर्‍यो। यसले देखाउँछ कि नेपाली लगानीकर्ताहरू, सीमित लगानी विकल्प हुँदाहुँदै पनि, ठोस अवसर समात्न उत्सुक छन्।"

अहिले सेयर जारीगर्ने धेरै कंपनीहरूले लागत दुई-तीन गुना बढाएर जनताको आँखामा छारो हालिरहेको अवस्थामा वर्णबासलाई किन विश्वास गर्छ सेयर बजारले भन्ने विषयमा बजगाईं भन्छन् स्टक मार्केटमा छोटो समयको नाफाका लागि सक्रिय धेरै खेलाडीहरू सट्टेबाजी शैली अपनाउँछन्। यसले वास्तविक व्यापारको महत्वलाई गौण बनाउँछ। तर, वर्णबासले कुनैपनि रूपमा धेरै मूल्यांकन नगर्ने हुनाले यसमा लगानी गर्ने लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल पाउने विषयमा संशय राख्नुनपर्ने बजागाईं बताउँछन् ।

उनी भन्छन्, "वास्तविक व्यापार भनेको उत्पादन, सेवा, र रोजगारी सिर्जना गर्नु हो, जसले समाज र अर्थतन्त्रमा दीर्घकालीन योगदान दिन्छ।" नेपाली लगानीकर्ताहरू जलविद्युत र हरित परियोजनाहरू जस्तै भौतिक सम्पत्तिमा लगानी गर्न इच्छुक छन्। वर्णबास म्युजियम होटल, नेपालको एकमात्र म्युजियम होटल, सांस्कृतिक सम्पदा र लक्जरीको अद्वितीय संयोजन हो।

वर्णबासले मापदण्ड विपरित होटल निर्माण गरेको सन्दर्भमा उनी भन्छन्। निर्माणपूर्व यसले आईई अनुमोदन र चारकिल्ला स्वीकृति प्राप्त गरेको थियो। शहरी विकास मापदण्डअनुसार प्रतिष्ठानको दक्षिणपट्टीको खोलाबाट ४ मिटरको सेडब्याक छोडिएको छ। यो तथ्य छिपाएर चन्दा नपाएको रिसमा यसलाई क्षति पुर्‍याउने प्रयास भए पनि सरकारका सम्बन्धित निकायले नापी गरेर ५.५ देखि ६.७५ मिटरको सेडब्याक प्रमाणित गरेको छ। 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro