site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रियालविरुद्ध सानदार जितसहित बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

काठमाडौं । फाइनलमा चिर–प्रतिद्वन्दी रियाल मड्रिडविरुद्ध ५–२ को सानदार जित निकाल्दै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

आइतबार राति साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सेन्टरमा भएको ‘एल क्लासिको’ बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई गोल गरे । लामिन यमल, रोबर्ट लेवान्डोवस्की र एलेसान्ड्रो बाल्डेले समान एक गोल गरे । रियालका किलियन एमबाप्पे र रोड्रिगोले समान एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलेको पाँचौँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियाललाई अग्रतामा राखेका थिए । तर, २२ औँ मिनेटमा यमलको गोलमा बार्सिलोना खेलमा फर्कियो ।

३६औँ मिनेटमा लेवान्डोवस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रतामा राखे । त्यसको तीन मिनेटपछि राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३–१ को अग्रतामा राखेका थिए । पहिलो हाफको इन्जुरी समयमा बाल्डेले बार्सिलोनाका निम्ति चौथो गोल गरे । 

५६औँ मिनेटमा राफिन्हाले दोस्रो गोल गर्दा बार्सिलोनाले अग्रतालाई ५–१ मा पुर्याएको थियो । 

५६औँ मिनेटमा बार्सिलोनाका गोलकिपर वेइचेक सेज्नीले रातो कार्डको दर्शन गर्दै मैदान छोडेका थिए । ६०औँ मिनेटमा रोड्रिगोले एक गोल फर्काए पनि रियालको हार टार्न सकेनन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ०५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro