site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिप आगामी चैतमा हुने

काठमाडौं । आगामी चैतको दोस्रो सातामा राष्ट्रिय स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिप हुने भएको छ ।

नेपाल क्लाइम्बिङ खेल संघको आयोजनामा चैत ८ र ९ गते काठमाठौंमा राष्ट्रिय स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिप हुन लागेको हो । संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ ।

कृतिम तथा प्राकृतिक उचाइ भएको स्थान (बाल र चट्टानले बनेका अग्लो स्थान)मा खेलिने साहसिक प्रतिस्पर्धा नै स्पोर्ट्स क्लाइम्बिङ खेल हो । दुई दिनसम्म हुने प्रतियोगितामा लिड र बोल्डर विधामा खेलाइने भएको छ । राष्ट्रियस्तरको खुला प्रतियोगितामा १४ वर्षदेखि माथि उमेरका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् ।

स्पोर्ट्स क्लाइम्बिङ र साहसिक खेलकुदसँगै खेल पर्यटन विकास र प्रवर्द्धन गर्ने उद्देश्यले यस प्रतियोगिता गर्न लागेको संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्लाइम्बिङ खेलकुद महासंघ (आईएफएससी)को मापदण्डअनुरूप खेल हुने भएको छ । खेलको जोखिम तथा दुर्घटनालाई मध्यनजर गरी सहभागी खेलाडी तथा खेल प्राविधिकको बिमा गरिएको छ ।

खेलका प्रतिस्पर्धा बिहान ८ बजेदेखि सुरु हुनेछ । पुरुष तथा महिलातर्फ छनोटचरण खेल हुनेछ । छनोटबाट महिला र पुरुषमा समान आठजनाले फाइनल राउन्डको यात्रा तय गर्ने भएका छन् । फाइनलमा प्राप्त अंकको आधारको वरीयता निर्धारण गरिने संघले जनाएको छ ।

विजेताले नगद पुरस्कारसहित पदक र प्रमाणपत्र प्रदान गर्ने संघका अध्यक्ष रमेश पौडेलले जानकारी दिए । संघका अध्यक्ष पौडेलले नगद पुरस्कारबारे हालसम्म टुंगो नलागेको र केही दिन पुरस्कार रकमबारे जानकारी दिने उल्लेख गरेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  २३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro