site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पदक विजेता गल्फर सदभाव र राहुल स्वदेश फर्किए

काठमाडौं । बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औँ संस्करणमा दोहोरो स्वर्ण विजेता सदभाव आचार्यसहित नेपाली गल्फ टिम आज स्वदेश फर्किएको छ । सदभावले प्रतियोगिताको उपाधि जित्दै इतिहास बनाएका थिए ।

चारदिने प्रतियोगितामा सदभावले समग्रमा ३–ओभर २९१ को स्कोर निकालेका थिए । यी स्कोरमा उनले ६ स्ट्रोकको फराकिलो अन्तरमा व्यक्तिगत स्पर्धाको उपाधि जितेका थिए । उनी यो च्याम्पियनसिपको उपाधि जित्ने पहिलो नेपाली खेलाडीको हकदार बने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालले सन १९८८ को दोस्रो संस्करण देखि सहभागिता जनाउँदै आए पनि उपाधि जितेको यो पहिलोपटक हो । सदभाव टिम र व्यक्तिगत दुवैतर्फ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी पनि बने । व्यक्तिगततर्फ यसअघि सुबाश तामाङले रजत तथा दिपक आचार्यले कास्य जितेका थिए । टिमतर्फ भने सुबाश र सदभावले ३६औँ संस्करणमा स्वर्ण पदक जितेका थिए ।

त्रिभुवन विमानस्थलमा नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, महासचिव दिपक आचार्य तथा सदस्य दीपक थापा मगर लगायतले दोहोरो स्वर्ण विजेता सदभाव, टिमतर्फ स्वर्ण जितेका राहुल विके तथा नेपाली महिला खेलाडीद्वय तारा कार्की चित्रकार र सम्झना खत्रीलाई स्वागत गरे । टिम स्पर्धामा नेपालले बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले हराउँदै स्वर्ण जितेको थियो । सदभाव र राहुलको जोडीले इभन–पार २८८ स्कोरमा स्वर्ण जितेको हो ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी आठ देशका कुल १०० खेलाडीले भाग लिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  २०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro