site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यकारी सभापतिको पक्षमा डा. शशांक– भनेरै सभापतिको घोषणासहित कार्ययोजना सार्वजनिक गर्छु
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कार्यकारी सभापतिका पक्षमा मत जाहेर गरेका छन् । नेपाली कांग्रेसको भातृ संस्था प्रजातन्त्र सेनानी संघको लुम्बिनी प्रदेश महाधिवेशन उद्घाटनका लागि आइतबार दाङ पुगेका डा. शशांकले कांग्रेसलाई पूरानै अवस्थामा पुर्‍याएर देशको भविष्य बदल्नुपर्ने बताए ।

“कांग्रेसमा सभापतिको चुनाव हुन्छ । निर्वाचित भएपछि त उसैले निर्णय गर्नुपर्छ उसैले चलाउनुपर्छ,” डा. शशांकले भने “अहिले त हामी यति धेरै लोकतान्त्रिक भइसकेका छौँ कि सबैको चुनाव गर्छाैँ । अनि पंगु सभापति भएर के गर्ने ? आफू सभापति अरु सब अर्कै विचारका मान्छेहरू हुन्छन् ।”

उनले त्यही कारण सभापति कार्यकारी हुने अभ्यास फर्काउनुपर्ने बताए । “चुनाव सभापतिका लागि हुन्छ, त्यसबेलासम्म तेरो–मेरो भन्न पाइन्छ । तर, सभापति बनाइसकेपछि त सबै अधिकार उसैको हुनुपर्‍यो । त्यसलाई सबैले स्वीकार्ने काम गर्नुपर्छ,” उनले भने ।

उनले कांग्रेसभित्रको तिक्तताको असर देशलाई नै पर्ने गरेको बताए । हिजोदेखि वैचारिक प्रस्टताकै कारण गौरवपूर्ण इतिहास बनाएको पार्टी अहिले आन्तरिक किचलोमा अल्झिने अवस्था पनि पार्टीले नेतृत्व चयनका लागि गरेको अभ्यासका कारण आएको उनले बताए । “यो पार्टी वैचारिक प्रस्टताले आजको दिनसम्म आएको छ । बीपी कोइरालाको समयमा कुनै समावेशी संविधान नभए पनि मन्त्रिपरिषद्मा महिला, थारुसहित अटाएका थिए,” डा. शशांकले भने, “एसियाकै पहिलो महिलामन्त्री नेपालमा उहाँले नै बनाउनुभएको हो । द्वारिकादेवी ठकुरानी एसियाकै पहिलो महिलामन्त्री हुनुभयो ।”

उनले बीपीको प्रस्टताले कांग्रेसको राजनीति यहाँसम्म आएको भन्दै अब त्यसको विरासत अघि बढाउने प्रस्टता आवश्यक भएको बताए । “बीपीमा यति प्रस्टता थियो कि –विचारले उहाँमा कुनै कन्फ्युजन थिएन । अहिले मिसन ०८४ भन्छन्, म त त्यस्तो मिसनमा विश्वास गर्दिनँ, त्यसलाई मिसन पनि मान्दिनँ,” डा शशांकले भने, “म त ७०÷८० वर्षको इतिहास बोकेको पार्टी यस्तो अन्योल र अस्पष्टतामा हुन्छ भन्ने ठान्दिनँ ।”

उनले आफू सभापतिको उमेदवार बन्नुपर्छ भन्ने ठानेपछि हुने निर्णयमा नपुगिसकेको भन्दै सभापतिको उमेदवार बन्छु भनेका डा. शेखर र गगनलाई पार्टी सभापति बन्ने योजनाबारे प्रश्न गर्न कार्यकर्तालाई आग्रह गरे । “पार्टीमा शेखर कोइराला, गगन थापाहरू छन् । उहाँहरूलाई प्रि–प्लान के छ सोध्दिनुस् । म पनि लड्नुपर्छकी भन्ने योजनामा छु । तर अहिले भन्दिन, घोषणापछि आफ्नो प्लान बताउनेछु ।”

कोइरालाले अहिले नै योजना भन्दिन भनेपछि मञ्चमा हाँसोको फोहोरा छुटेको थियो । “म चाहन्छु नेपाली कांग्रेस त्यही पुरानो विचारबाट बीपीको सिद्धान्तबाट अघि बढोस् । समावेशी विधान नहुँदै सबैलाई समेटिएको थियो,” डा. शशांकले भने, “अहिले आरक्षण दिएर अपमानित भएको छ मेरो दृष्टिकोणमा त । के हामी कसैको अपमान गर्न चाहन्छौँ, चाहँदैनौँ नि ! सबैलाई सम्मान गर्न चाहन्छौँ ।”

उनले अहिले इतिहासलाई नकारात्मक चस्माबाट हेर्न अभ्यास भइरहेको भन्दै त्यो गलत भएको बताए । उनले इतिहासलाई गाली गर्नुको साटो भविष्यको योजनामा लाग्नु उपयुक्त हुने उनको सुझाव थियो ।

“हामीले इतिहासलाई नकारात्मक दृष्टिले हेर्छौँ । इतिहासले गरेर अहिले हामी यहाँ छौँ । बीपी कोइराला नभएको भए हामी कहाँ हुन्थ्यौँ । झन् म त कहाँ हुन्थे ?,” शशांकले भने, “इतिहासबाट जन्मिएको वर्तमान हो । यो वर्तमानलाई उज्ज्वल भविष्यमा लैजाने हो । म त सोच्दैछु अबको २० वर्षपछि के हुन्छ ? त्यतिबेला मेरो मृत्यु भइसकेको हुन्छ, त्यसबेलासम्म मुलुकलाई सुरक्षित र समृद्ध बनाउने कांग्रेस रहनुपर्छ ।”

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro