site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘एनपीएलको आम्दानी र खर्च विवरण केही दिनमा सार्वजनिक गर्छौँ’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च र आम्दानी विवरण केही दिनभित्र सार्वजनिक गरिने बताएका छन् । प्रतियोगिता सकिएको तीन हप्ताभन्दा धेरै समय भइसके भए पनि क्यानले खर्च विवरण सार्वजनिक गरेको छैन ।

“एनपीएलमा टिकटबाट कति र अरू कुराहरूमा के कति खर्च र आम्दानी भयो भन्ने विषयमा क्यानले आन्तरिक हिसाबकिताब गर्दै छ,” प्रवक्ता लामाले बाह्रखरीसँग भने, “प्रतियोगिताको टिकेटिङ पार्टनर खल्तीसँग छलफलपछि हामी अबको केही दिनभित्रै विवरण सार्वजनिक गर्ने तयारीमा छौँ ।” 

Argakhachi Cement Island Ad

गएको मंसिर १५ देखि पुस ६ गतेसम्म क्यानको आयोजनामा एनपीएलको पहिलो संस्करण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको थियो । प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि उचालेको थियो ।

पहिलो संस्करणमा कुल आठ टिमको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्