site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस–एमालेले काम गर्न नसकेका होइनन्, नपाएका हुन् : शंकर पोखरेल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल वेलावेलामा सामाजिक सञ्जालमा आफूले राखेका पोस्टका कारण चर्चा र विवादमा आइरहन्छन् । दुई साताअघि एमालेले भीम रावललाई पार्टीबाट निष्कासन र दुई नेतृलाई ६ महिनाका लागि निलम्बन गरेपछि उनले ‘पार्टी अनुशासनबारे एआईको धारणा’ भन्दै ६ बुँदे धारणा सार्वजनिक गरेका थिए । 

जसमा २१ सय भन्दा बढी कमेन्ट गरिएका छन् । उनको सो स्टाटसमा तारिफभन्दा धेरै आलोचना भएको थियो । ठूला दलका शीर्ष नेतामध्ये एक भएकाले उनीमाथि सामाजिक सञ्जालमा विरोध या समर्थन आउनु स्वाभाविकै मान्न सकिन्छ । 

त्यसैले पनि होला, उनी समसामयिक विषयमा स्टाटस लेखिरहन्छन् । उनले हिजो शनिबार साँझ स्टाटस लेख्दै राजनीतिक दलको नौ दशकको इतिहासमा दुई दशक मात्रै काम गर्न पाएको उल्लेख गरेका छन् । 

नेपाल प्रजा परिषदलाई पहिलो राजनीतिक दल मान्ने हो भने नेपालमा नौ दशकको राजनीतिक दलहरूको संलग्नताको इतिहास भएको उल्लेख गर्दै उनले तीमध्ये सात दशक अर्थात् ७० वर्षमा कहिले कोहीविरुद्ध त कहिले कोहीविरुद्ध संघर्ष गर्नुपरेको फेहरिस्त प्रस्तुत गर्दै राजनीतिक पार्टीले काम गर्नका लागि दुई दशकभन्दा कम समय पाएको दाबी गरेका छन् । 

उनले लेखेका छन्, ‘‘यस समयमा राजनीतिक दलहरुले, एक दशक जहानियाँ राणा शासनका विरुद्धको संघर्षका रूपमा, झन्डै एक दशक राजनीतिक संक्रमणकालका रूपमा, त्यसपछिको तीन दशक निरंकुश पञ्चायती व्यवस्थाका विरुद्धको संघर्षको रूपमा, एक दशक माओवादी नेतृत्वको सशस्त्र द्वन्द्वका समयका रूपमा, त्यसपछिको एक दशक शान्ति प्रक्रिया र संविधान निर्माणको संक्रमणकालीन समयका रूपमा र बाँकी रहेको दुई दशकभन्दा कम समय मात्र नेपालका राजनीतिक दलहरूले आफ्नो नेतृत्वमा काम गर्न पाएको समय हो ।’’

त्यही समय पनि राजनीतिक अस्थिरताको दुश्चक्रको सिकार बनेर बितेको र अन्तर्राष्ट्रिय घेराबन्दी र दबाब झेलिरहेको बताएका छन् । 

कुनै भूमिका र योगदान नभएका समूहहरूलाई अन्धाधुन्ध रूपमा विकल्पका रूपमा अघि सारिएको उल्लेख गर्दै उनले भनेका छन्,‘‘यी र यस्ता चुनौतीलाई सामना गरेर अघि बढेका दलहरूलाई काम गर्न सकेनन् भनेर प्रचार गर्ने र विगतमा लामो समय शासनमा रहेर असफल भएका र  राजनीतिमा कुनै भूमिका र योगदान नभएका समूहहरूलाई अन्धाधुन्ध रूपमा विकल्पका रूपमा अघि सार्ने कुरा नेपालको राजनीतिलाई अस्थिर बनाउने र देशलाई कसैको योजना र स्वार्थअनुरूप कमजोर बनाउने कुरा हो ।’’

राजनीतिमा चासो राख्नेहरूले यी र यस्ता तथ्यप्रति गम्भीर र जिम्मेवार हुनुपर्ने उनको मत छ । राजनीतिक स्थायित्वका लागि बलिया राजनीतिक दल निर्माण गर्ने बाटोमा राजनीतिलाई ध्रुवीकरण गर्न सहयोगी बन्नुपर्ने उल्लेख गर्दै महासचिव पोखरेलले तब मात्र राजनीतिले मुलुकको विकास र समृद्धिको यात्रामा गति प्रदान गर्न सक्ने दाबी गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro