site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वी चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

चितवन । पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यो वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपास फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।

गत वर्ष नभेटिएका दुई प्रजातिका चरा समेत योपटक भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीका कार्यक्रम संयोजक एवं चराविज्ञ बासु बिडारीका अनुसार, यसपालि कालो टाउके गंगाचिल र राजा गंगाचिल देखिएका हुन् । गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपालि पनि भेटिएको उनले बताए । गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए ।

बिडारीले दुई दिन गरिएको गणनामा सात हजार १५० चरा समावेश भएको जानकारी दिए । तीमध्ये चार हजार १०७ चखेवाचखेवी रहेको उनले बताए ।

अघिल्लो वर्ष सात हजार ५१७ चरा समावेश भएका थिए । अघिल्लो वर्षभन्दा चखेवाचखेवीको संख्या घटेको हो । अघिल्लो वर्ष चार हजार ३०४ चखेवाचखेवी भेटिएको उनले बताए ।

सौराहाघाटबाट कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन् । लोथरबाट जिन्दगानी घाटसम्म दुई, जिन्दगानी घाटबाट सौराहाघाटसम्म २५, बीस हजार तालमा ३०, बुढीराप्तीमा २६, ढुंगरे खोलामा २४, मत्यविकास केन्द्रमा १८, लामी तालमा १६, पटना तालमा १२ र तमोर तालमा चार प्रजातिका चरा भेटिएको उनले बताए ।

यसमा पानीहाँस मात्र चार हजार १०७ वटा समावेश भएको उनले जानकारी दिए । जलकौवा सानो ११७ र ठूलो ४६० वटा गणनामा समावेश छन् ।

बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष समेत रहेका बिडारीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र बढ्दो मानवीय चहलपहलका कारण जलपन्छीको संख्या घट्दै गएको बताए । “जलेवा चरा बढेका छन् । चखेवाको संख्या उस्तैउस्तै छ,” बिडारीले भने । प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उनको भनाइ छ ।

सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ । नेपाललगायत पूर्वी एसियाका ३५ देशमा हरेक साल अंग्रेजी वर्षको जनवरीमा पानीचरा गणना गरिँदै आएको छ । सोसाइटीले हाल जाडोयामका पानीचरा गणना गरेको हो ।

चितवनमा ६५२ प्रजाति चरा पाइने उनले बताए । तीमध्ये यो वर्ष जिल्लामा १५९ प्रजाति भेटिए । पानीमा मात्र आश्रित ५५ प्रजाति चरा रहेको उनले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro