site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्र बैंकको निर्देशन : राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्नू
Tiktok banner adTiktok banner ad

काठमाडौं । तपाईंलाई बैंक खाता खोल्न के–के कागजात आवश्यक पर्छ ? बैंकको फारम भरेर नागरिकताको फोटोकपी बुझाएपछि खाता खुलिहाल्छ । एक समय बिजुलीको बिल अनिवार्य गरिएको भए पनि अहिले त्यो अनिवार्य छैन । 

तर, अब भने बैंक तथा वित्तीय संस्थाको ग्राहक बन्नका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएको छ । केन्द्रीय बैंकले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न मातहतका बैंकहरूलाई व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । 

नेपाल राष्ट्र बैंकको यो पहिलो आग्रह भने होइन, उसले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो । 

राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । 

काठमाडौं  उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर मार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ । 

विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro