site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिड्नीमा पाँचौँपटक ‘थारू माघी महोत्सव’ हुने 

सिड्नी । सन् २०१८ मा अस्ट्रेलियामा स्थापना भएको ‘थारू सोसाइटी सिड्नी अस्ट्रेलिया’ले यस वर्ष पनि माघी पर्व विविध कार्यक्रमसहित मनाउन लागेको छ । 

अस्ट्रेलियामा रहेका थारूहरूबीच भाइचारा कायम गर्दै थारु कला संस्कृतिको जगेर्ना गर्दै आइरहेको उक्त संस्थाले  सिड्नीमा हर्षोल्लासका साथ माघी मनाउन लागेको हो ।  

यसपटक नेपालकी चर्चित गायिका अनु चौधरीको उपस्थितिले महोत्सवको रौनक थप बढ्ने आयोजकको विश्वास छ । 

सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरीले दिएको जानकारी अनुसार कार्यक्रम आउँदो जनवरी १४ मंगलबार (थारू सम्वत् २६४८, माघ १) अर्थात् माघेसंक्रान्तिका दिन इन्द्रेणी फंक्सन सेन्टर रकडेलमा हुने भएको छ ।

सुमधुर स्वरकी धनी अनु चौधरीको प्रस्तुतिसँगै थारू रीतिरिवाजअनुसार लाठी नाच, झुमरा नाचलगायत थारू परिकारसमेत कार्यक्रमको विशेष आकर्षण रहने चौधरीले बताए । 

कार्यक्रममा उपस्थितिका लागि थारू सोसाइटी अफ अस्ट्रेलियाले सम्पूर्ण थारू समुदायलगायत सबै नेपाली दाजुभाइ, दिदीबहनिीलाई अपिल समेत गरेको छ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro