site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूला दलनिकट कर्मचारी संगठनले दिए ट्रेड युनियन खारेज गरे हडतालमा उत्रिने धम्की
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रमुख तीन दलनिकट कर्मचारी संगठनका नेताहरूले निजामती विधेयकलाई सकसमा पारेका छन् । उनीहरूले दलीय ट्रेड युनियन खारेज गरे हडतालमा उत्रिनेसम्मको धम्की दिएका छन् ।

शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले दलनिकट ट्रेड युनियनका नेताहरूलाई निजामती विधेयकबारे छलफलका लागि बोलाएको थियो । छलफलमा उनीहरूले ट्रेड युनियनबारे पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।

बैठकमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ काेइरालाले ट्रेड युनियनको अधिकार खुम्च्याउन नहुने बताए । उनले ट्रेड युनियनलाई हटाउन नहुने बरु व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी नभएको पनि जिकिर गरे ।

"जति ट्रेड युनियन छाैँ, साझा सुझाव छ । नाै वर्षकाे समयावधिमा जे टुंगिएका छन्, फेरि खाेतल्ने कुराले काम कारबाही ढिला गर्छ कि । संघीय निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी छैनन् । कानुनले विभेद गर्न हुन्न," उनले भने ।

उनले सरुवा र बढुवा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले कर्मचारीकाे प्रमाेसन छिटाे हुने व्यवस्था गर्नुपर्ने पनि बताए ।

"चक्रिय स्वचालित गराैँ । कसैलाई हारगुहार गर्न नपर्ने गरी लेखाैँ । पाँच वर्ष एउटै पदमा काम गर्नेलाई एक र १० वर्ष काम गरेकालाई दुई तह वृद्धि गराैँ । उमेरहद ६० बनाऔँ, विभेद गर्न हुन्न । सेवा प्रवेश महिलाका लागि ४० र पुरुष ३५ ठिक छ," कोइरालाले भने ।

यस्तै, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गाेपालप्रसाद पाेखरेलले ट्रेड युनियनबारे 'बेमाैसम बाजा' बजाएकाे बताएका छन् । पोखरेलले अहिले ट्रेड युनियनलाई लिएर एकल बहस गरिएको बताए ।

"देशमा जुन परिवर्तन भयाे, फ्रन्टलाइनमा राष्ट्रसेवक गएकाे छ । एकल बहस भयो, दु:ख लागेकाे छ । लाेकतन्त्रकाे कुरा गर्नुहुन्छ । एकलकाे कुरा किन ?," उनले भने ।

उनले ट्रेड युनियनको अधिकारलाई एक इन्च पनि तलमाथि गर्न नसक्ने बताए । "व्यवस्थित गराैँ, कसैले गलत गरेकाे छ भने कारबाही गराैँ । २१औँ शताब्दीमा विचार राख्न पाइन्छ," उनले भने ।

उनले सरुवा व्यवस्थालाई वैज्ञानिक बनाउनुपर्नेमा जोड दिए । "सरुवामा अराजकता भएकाे छ भने निकास निकाल्ने हाे," उनले भने ।

पोखरेलले विधेयकमा ट्रेड युनियन खारेजको व्यवस्था गरिए बन्द हडतालमा उत्रिने चेतावनी दिए । उनले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बन्द हडतालसम्मको अधिकार दिएको स्मरण गरे । 

यसैगरी, नेकपा (मा‌ओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ट्रेड युनियन हटाउन नहुने बताएका छन् । अध्यक्ष भट्टले ट्रेड युनियनको हकमा पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।

"सुशासन बिगार्ने ट्रेड युनियन हाे, हटाउनुपर्छ भन्ने भाष्य निर्माण भइरहेकाे छ । हामी नेपाली हाैँ । हाम्राे अधिकार अतिक्रमण गर्न मिल्छ कि मिल्दैन ? ट्रेड युनियनका हकमा जे व्यवस्था छ, त्यही राख्नुपर्छ । कसरी व्यवस्थित गर्ने ऐन आएपछि छलफल गराैँला," उनले भने ।

उनले आस्थाका आधारमा सरुवा गर्ने गरिएको पनि बताए । "आस्थाका आधारले सरुवा गरिएकाे छ । दाेषजति हामीलाई, अरूलाई काम अन्तबाट भएकाे छ । सरुवालाई ट्रेड युनियनले हेर्न नपाउने बनाऔँ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro