site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विनादर्ताका औषधि बजारमा, विभागद्वारा कारबाहीको चेतावनी
Tiktok banner adTiktok banner ad

काठमाडौं । औषधि व्यवस्था विभागले विनादर्ताका औषधि बिक्री-वितरण गर्ने विक्रेतालाई कारबाहीको चेतावनी दिएको छ । 

आहारपूरक तथा सौन्दर्यका प्रसाधन समेतको रूपमा यस्ता औषधि बिक्री–वितरण भइरहेको अनुगमनका क्रममा पाइएको विभागले जनाएको छ । 

विभागमा दर्ता नभएका, तर मिल्दोजुल्दो नाम भएका औषधि आयात र फार्मेसीमार्फत नै वितरण भइरहेको अनुगमनबाट देखिएको छ । विभागले प्रतिबन्धित गरेका सम्मिश्रण भएका औषधि चित्सिकले नै सिफारिस गरेको पनि पाइएको छ ।
 
यसअघिका अनुगमनबाट पाइएका अवैध औषधि आयातकर्ता र विक्रेताविरुद्ध  सर्वोच्च अदालतमा नै मुद्दा विचाराधीन रहेकाले अब यस्ता कार्य नगर्न विभागको निर्देशन छ । 

निर्देशन अटेर गर्ने विक्रेता, आयातकर्तालाई औषधि ऐन २०३५ अनुसार कारबाही गरिने विभागको चेतावनी छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro