site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीले ६ महिना अभियान चलाएपछि अधिवेशनको तयारी गर्ने, यस्ता छन् निर्णयहरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ६ महिना अभियान चलाउने निर्णय गरेको छ । आठौँ केन्द्रीय कमिटी बैठकले अभियानको ६ महिनापछि मात्रै महाधिवेशनमा जाने निर्णय गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ६ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गर्ने घोषणा गरे । अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष प्रचण्डले घोषणा गरे ।

अभियानबाट जनताको सुझाव आउने उनको भनाइ छ । ६ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने बताएका छन् । बैठकले माघ महिनाभरि अभियानको तयारी गर्ने भएको छ । फागुन १ गते जनयुद्ध दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै, चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले बताएका छन् । बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ ।

समितिले चाँडै एकता वार्ताको पहल गर्ने अध्यक्ष प्रचण्डले जनाएका छन् । बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पार्टी रूपान्तरण र पुनर्गठनको संकल्प, आजको ऐतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro