site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमच्यामको साधारणसभा सम्पन्न, पछिल्लो वर्षमा १६ सदस्य थपिए

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)को तेस्रो साधारणसभा सम्पन्न भएको छ । नेपालमा अमेरिकी लगानी भित्र्याउने र दुई देशबीच व्यावसायिक सम्बन्ध स्थापना गर्ने उद्देश्यले स्थापना भएको एमच्यामको साधारणसभामा पछिल्लो एक वर्षको समीक्षासहित भावी कार्ययोजनासमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा यूएस च्याम्बर अफ कमर्स, दक्षिण एसियाका कार्यकारी निर्देशक सिद्धान्त मेहराले नेपालमा स्थापनाको छोटो समयमा एमच्यामले खेलेको भूमिकाको प्रशंसा गरे ।

Dabur Nepal
NIC Asia

एमच्यामका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सन् २०२४ एमच्यामका लागि महत्त्वपूर्ण वर्ष भएको उल्लेख गरे । नेपालमा लगानीका नयाँ अवसर सिर्जना गर्न, नेपाल र अमेरिकाको व्यापारिक सम्बन्ध थप बलियो बनाउने उद्देश्यका साथ क्रियाशील रहेको उनको भनाइ छ ।

एमच्यामले नेपालमा विदेशी लगानीका लागि देखिएका समस्या समाधानका विभिन्न विषयमा पैरवी गर्नुका साथै उच्चस्तरीय भेटघाटसमेत गर्दै आएको श्रेष्ठले उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले सन् २०२१ मा अजित विक्रम शाहको नेतृत्व र नेपालस्थित अमेरिकी दूतावासको अभूतपूर्व सहयोगमा स्थापना भएको एमच्याम आज बहुआयामिक र प्रभावशाली व्यावसायिक समूहका रूपमा स्थापित भएकामा खुसी व्यक्त गरे ।

त्यसअवसरमा पछिल्लो एक वर्षमा एमच्यामले विभिन्न ५८ पटक औपचारिकरूपमा सदस्यको हितमा पैरवी गरेको जनाएको छ । यसबीचमा २० वटा उच्चस्तरीय भेटघाट, विभिन्न विषयमा ६० वटा आलेखमार्फत पैरवीलाई अघि बढाएको जनाएको छ । यसबीचमा एमच्यामले कोषमा ३१.५ लाख रुपैयाँ जम्मा भएको उल्लेख गरेको छ ।

एमच्यामले पछिल्लो एक वर्षमा १६ वटा नयाँ सदस्य थप गरेको छ । सन् २०२३ मा ३८ वटा सदस्य रहेकामा अहिले उक्त संख्या बढेर ५४ पुगेको हो । नेपालमा लगानीमैत्री वातावरण बनाउनका लागि सरोकारवाला पक्षसँग विभिन्न समयमा छलफल, अन्तरक्रिया तथा बहस गर्दै आएको एमच्यामका महाप्रबन्धक अमिरराज थापाले जानकारी दिए ।

एमच्यामले वर्षभरि नै विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रममार्फत सक्रियता जारी राखेको जनाएको छ । गत अप्रिलमा संस्थाले यूएस चेम्बर अफ कमर्सका एम्ब्यासडर अतुल केशवसँग नेपाल–अमेरिकाबीचको व्यापारिकसम्बन्धमा अन्तरक्रिया गरेको थियो भने सदस्यहरूसँग युनाइटेड स्टेट पेटेन्ट एन्ड ट्रेडमार्क कार्यालय र युनाइटेड स्टेट ट्रेड एन्ड डेभलपमेन्ट एजेन्सीसँग पनि अन्तरक्रिया भएको एमच्यामले उल्लेख गरेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro