site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराट एक्स्पोको तयारी तीव्र

विराटनगर । उद्योग संगठन मोरङले विराट एक्स्पो–२०२५ को तयारी तीव्र पारेको छ । सोमबार विराटनगरको पुरानो हवाई फिल्डमा पत्रकार सम्मेलन गरी संगठनले आठौँ संस्करणको तयारीबारे जानकारी गराएको हो ।

डिग्री क्याम्पस परिसरमा हुने एक्स्पोको थिम 'विराट एक्स्पो–२०२५ डिजिटल कोसी ब्रिजिङि : इनोभेसन एन्ड इन्भेस्टमेन्ट' छ । एक्स्पो ११ गतेदेखि २० गतेसम्म हुँदै छ ।

संगठनका अध्यक्ष राकेश सुरानाले औद्योगिक एक्स्पो भएकाले उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदान हुने बताए । साथै, उद्यमी व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न सहयोग गर्ने उनको भनाइ छ ।

सुरानाका अनुसार, एक्स्पोमा नौ पेभिलियन रहने छन् । जसमध्ये विराट बजार बीटूबी स्टार्टअप भिजन कोसी ह्याकाथुन, रोजगार कोसी, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्स, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज, खाद्य  र प्रायोजकका स्टल रहनेछन् ।

“तयारी तीव्र पारिएको छ । अब हामी फिल्ड निर्माणको चरणमा प्रवेश गरेका छौँ,” उनले भने ।

एक्स्पोको टाइटल स्पोन्सरका रूपमा नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स प्रालि छ ।

पहिलोपटक २०५३ सालमा 'कोसी महोत्सव'को नामबाट एक्स्पोको आयोजना गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro