site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको उच्च प्राथमिकतामा ‘बीआरआई’, सत्ता सहकार्यमा विभाजन गर्न खोजेको आरोप

काठमाडौं । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको आठौँ बैठकमा बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई)लाई उच्च महत्त्व दिइएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा हालै चीनसँग भएको ‘फ्रेमवर्क फर बीआरआई कोअप्रेसन’ (बेल्ट एन्ड रोड सहकार्यका लागि फ्रेमवर्क)लाई उच्च महत्त्व दिइएको छ । 

“हालै सम्पन्न चीनको औपचारिक भ्रमण तथा त्यस क्रममा भएको बीआरआई सहयोगको दस्ताबेजमा हस्ताक्षर महत्त्वपूर्ण छन् । यी भेटवार्ता र भ्रमणले नेपालको छिमेक सम्बन्धलाई सुदृढ गर्न अर्थपूर्ण योगदान गरेका छन्,” ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन् । 

प्रधानमन्त्री ओलीले २०८१ मंसिर १७ देखि २० गतेसम्म चीन भ्रमण गरेका थिए । भ्रमणका बेला नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई कोअप्रेसन’लगायत १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

Dabur Nepal
NIC Asia

भ्रमणका बेला दुई दिन लगाएर १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । भ्रमणको दोस्रो दिन ९ वटा र तेस्रो दिन एउटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । भ्रमणको तेस्रो दिन अर्थात् मंसिर १९ गते बीआरआईमा सहमति जुटेपछि ‘फ्रेमवर्क फर बीआरआई कोअप्रेसन’ सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

बीआरआईलाई लिएर सत्तारूढ दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीच अन्तिम समयमा सहमति जुटाइएको थियो । एमाले बीआरआई अन्तर्गत ऋण र अनुदान लिने पक्षमा थियो भने कांग्रेस अनुदान मात्र लिनुपर्ने अडानमा थियो । पछि दुवै हाललाई अनुदान मात्र लिनेमा सहमत भएका थिए ।

तर, सम्झौता गर्दा अनुदान र ऋण दुवै लिन मिल्ने गरी गरिएको छ । चीनले ‘ग्रान्ट मोडालिटी’को ठाउँमा ‘एड फाइनान्स मोडालिटी’ राख्न प्रस्ताव गरेको थियो । सत्तारूढ दल एमाले र कांग्रेस त्यसमा सहमत भएपछि उक्त सम्झौता एक दिन ढिला गरी भएको थियो । 

“यस सन्दर्भमा हस्ताक्षर भएको बीआरआई सहयोग ढाँचाको विशेष महत्त्व छ । कनेक्टिभिटी र पूर्वाधार निर्माणमा टेवा पुर्‍याउँदै भूपरिवेष्ठितताले सिर्जना गरेका नेपालका अप्ठ्यारालाई चिर्न र नेपालको पारवहन सुविधाको विविधीकरण, व्यापार सहजीकरण र लगानी अभिवृद्धिमा यसले टेवा पुर्‍याउने विश्वास लिइएको छ,” राजनीतिक प्रतिवेदनमा भनिएको छ । 

जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न, तीव्र आर्थिक विकास गर्दै विकासशील देशमा स्तरोन्नति गर्न, दिगो विकास लक्ष्य हासिल गर्न र नेपाललाई यथासक्य छिटो मध्यम आय भएको मुलुकमा माथि उठाउन नेपाललाई स्रोतको अभाव रहेको ठम्याई एमाले अध्यक्ष ओलीको छ ।

यसैकारण, नेपालको राष्ट्रिय प्राथमिकताका क्षेत्रमा, राष्ट्रिय हितको सुनिश्चितता गर्दै अन्य विकास साझेदारसँग पनि यस्तै साझेदारी अभिवृद्धि गर्न र लगानी भित्राउन एमालेले चाहेको ओलीले जनाएका छन् । 

“गुण दोषका आधारमा होइन, आफ्ना निश्चित राजनीतिक आग्रह वा भूराजनीतिक स्वार्थमा कुनै पनि सहायता परियोजनाका विषयलाई अनावश्यक राजनीतिकरण गर्नु र विवादित बनाउनु राष्ट्रिय हितमा हुँदैन भन्ने विषयमा नेकपा एमाले स्पष्ट छ,” अध्यक्ष ओलीले भनेका छन् ।

बीआरआईलाई लिएर सत्तारूढ दुई ठूला दल एमाले र कांग्रेसबीच फुट ल्याउने खोजिएको आरोप ओलीले लगाएका छन् । बीआरआईका विषयमा फैलाइएको भ्रम एमाले र कांग्रेसले साझा अवधारण निर्माण गरेर चिर्न सफल भएको दाबी उनको छ । 

“यो सम्झौता आफैमा महत्त्वपूर्ण छ, तर यावत् भ्रम, मिथ्या प्रचार र असहजतालाई चिर्दै यस विषयमा मुलुकका दुई मुख्य दलका बीचमा जस्तो साझा अवधारणा निर्माण हुन सक्यो, यो विषय पनि उत्तिकै महत्त्वपूर्ण छ,” ओलीको भनाइ छ ।

बीआरआईले राष्ट्रिय अडान बलियो बनान मद्दत गरेको बुझाइ एमाले अध्यक्ष ओलीको छ । वैदेशिक सहायता परिचालनमा सिंगो राष्ट्रको बोली एउटै बनाउन आफू सफल भएको दाबी पनि उनले गरेका छन् ।

“यसले बाह्य सम्बन्ध र बाह्य सहायता परिचालनमा सिंगो राष्ट्रको एउटै बोली बनाउन र वार्ताको टेबलमा राष्ट्रिय अडान बलियो बनाउन मद्दत पुर्‍याएको छ । संवेदनशील विषयमा सत्ता सहकार्यमा विभाजन ल्याएर पुनः अस्थिरताको खेती गर्न चाहनेहरुको योजना पनि यसले विफल तुल्याइदिएको छ,” एमाले अध्यक्ष ओलीले आफ्नो राजीनितक प्रतिवेदनमा उल्लेख गरेका छन् ।
ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा नेपाल र चीनबीच गत मंसिरमा भएको ‘फ्रेमवर्क फर बीआरआई कोअप्रेसन’ सम्झौतालाई संक्षेपमा नेपाली भाषामा अनुवाद गरि राखेका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro