site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोकिए लिभरपुल र युनाइटेड

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन् ।

आइतबार राति लिभरपुलको मैदान एन्फिल्डमा घरेलु टिमका कोडी गाक्पो र मोहमद सालाहले गोल गरे । युनाइटेडका लिसान्ड्रो मार्टिनेज र अमाद डियालोले समान एक गोल फर्काए । चार गोल नै दोस्रो हाफमा भएको हो ।

खेलमा पहिले अग्रता भने युनाइटेडले बनाएको थियो । ५२औँ मिनेटमा मार्टिनेजको गोलमा पाहुना टिमले अग्रता बनाएको थियो । युनाइटेडको यो अग्रता लामो समय टिकेन । ५९औँ मिनेटमा गाक्पोले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काए ।

७०औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सालाहले सदुपयोग गरेपछि लिभरपुलले पाहुना टिमविरुद्ध २–१ को अग्रता बनाएको थियो । त्यसको १० मिनेटपछि नै डियालोले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए ।

बराबरीमा रोकिए पनि लिभरपुल शीर्ष स्थानमा कायमै छ । लिभरपुलले १९ खेलबाट ४६ अंक जोडेको छ । त्यो दोस्रो स्थानको आर्सनलको भन्दा ६ अंक धेरै हो । लिभरपुलभन्दा एक खेल धेरै खेलेको आर्सनलको ४० अंक छ । तालिकाको १३औँ स्थानमा रहेको युनाइटेडको २० खेलबाट २३ अंक छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro