site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र विकास बोर्ड अध्यक्षको कार्यकाल चार वर्ष हुँदै

काठमाडौं । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्ड अध्यक्षको कार्यकाल चार वर्षको हुने सम्भावना छ । 

चलचित्र विधेयकको ड्राफ्टमा बोर्ड अध्यक्षको कार्यकाल चार वर्ष राख्न प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव संसद्‌बाट पारित भए बोर्ड अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।

हाल बोर्ड अध्यक्षको कार्यकाल दुई वर्ष छ । कार्यकाल छोटो हुँदा चाहेर पनि धेरै काम गर्न सक्ने अवस्था नरहेको बोर्डका पूर्वअध्यक्षहरूले बताउँदै आएका छन् ।

चलचित्र विधेयकको ड्राफ्ट हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छ । लामो समयदेखि यो विधेयक अगाडि बढाइएको छैन । विधेयक पारित भए चलचित्र क्षेत्रका धेरै समस्या आफैँ समाधान हुने बोर्डका अध्यक्ष दिनेश डिसी बताउँछन् ।

विधेयकको ड्राफ्ट बोर्डबाट विभागीय मन्त्रालय (सञ्चार)मा, त्यहाँबाट अर्थ मन्त्रालयमा, त्यहाँबाट पनि सकिएर कानुनमा पुगेर फेरि सञ्चार मन्त्रालयमा आइसकेको छ ।

“अन्तिम ड्राफ्ट भएर अब क्याबिनेटमा जानेछ । त्यहाँबाट सदनमा जानेछ,” अध्यक्ष डिसीले भने, “सम्भवतः संसद्को आउँदो अधिवेशनबाट पास भएर राष्ट्रपतिबाट लालमोहर लाग्नेछ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro