site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थतन्त्रमा व्यापक सुधार आवश्यक : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार–व्यवसायको प्रवद्र्धनमार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको उल्लेख गरे ।

लामो राजनीतिक संघर्ष र ठूलो बलिदानपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उनले सुनाए । उनले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको औँल्याए ।

सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्र जनताको जीवनस्तर माथि उठाउन सम्भव हुने उनले बताए । उनले आफू प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक सुधारका निम्ति धेरै काम गरेको र इतिहासकै महत्त्वपूर्ण मानिएको ऊर्जा संकट समाधान भएको जिकिर गरे ।

अध्यक्ष प्रचण्डले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिलाई महत्त्वपूर्ण राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गरेको बताए । यसलाई राज्यको अभियानकै रूपमा अघि बढाएको उनको भनाइ थियो ।

अघिल्लो सरकारले अघि बढाएका अर्थतन्त्र सुधारका व्यवस्थित पहल र योजना कार्यान्वयनका निम्ति दबाब दिन आवश्यक देखिएको उनले बताए । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  २०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro