site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपा केन्द्रीय समिति बैठक : पहिलो दिन जे भयो...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्रिय रूपमा संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकमा स्थानीय तह उपनिर्वाचनमा पार्टीका अनुभव, सिकाइ र चुनौतीका विषयमा पनि छलफल गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

काठमाडौंको स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा बसेको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिबारे जानकारी गराएका थिए । उनीहरूले पार्टीका गतिविधिका बारेमा अवगत गराएका थिए ।

“पार्टीको प्रदेश महामन्त्रीहरूको सहभागिता रहेको आजको बैठकमा उहाँहरूबाट हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा समीक्षा प्रतिवेदन पेस गरियो । बैठकमा उक्त निर्वाचनमा पार्टीका अनुभव, सिकाइ र चुनौतीहरूका सम्बन्धमा छलफल गरियो भयो,” झाले भनेका छन् ।

दुईदिने बैठक आइतबार (भोलि) पनि बस्नेछ । सरकारले हालै अध्यादेशमार्फत ल्याएको सहकारीसम्बन्धी विधेयकका विषयमा पनि बैठकमा छलफल गरिने झाले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकमा पहिलोपटक पार्टी सभापति रवि लामिछानेको उपस्थिति छैन । उनी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणलाई टुंगोमा पुर्‍याउने क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

पहिलो दिनको बैठकमा के भयो ? कार्यवाहक प्रवक्ता झाले जारी गरेको विज्ञप्ति पढ्नोस्–

राष्ट्रिय स्वतन्त्र पार्टीको आज शुरू भएकाे २ दिने केन्द्रीय समिति बैठकको पहिलो दिनको बैठकमा देहायका विषयहरूमा छलफल भएको छ।

१. बैठकमा मिति २०८१ पाैष १८ गते दिवंगत नेपालकी प्रथम महिला राजदूत श्री विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शाेक प्रस्ताव पारित भएको छ।

२. पार्टी कार्यवाहक सभापति श्री डाेल प्रसाद अर्याल, उपसभापति डा.स्वर्णिम वाग्लेले समसामयिक राजनीति सन्दर्भमा  जानकारी गराउनुहुँदै पार्टीका गतिविधिका बारेमा अवगत गराउनुभयाे ।

३. पार्टीको प्रदेश महामन्त्रीहरूकाे सहभागिता रहेकाे आजकाे बैठकमा उहाँहरूबाट हालै सम्पन्न स्थानीय तहकाे उपनिर्वाचनमा समीक्षा प्रतिवेदन पेश गरियाे । बैठकमा उक्त निर्वाचनमा पार्टीका अनुभव सिकाई र चुनाैतिहरूका सम्बन्धमा छलफल गरियाे भयो।

४. बैठकले पार्टीको संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेकाे छ । पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै संगठन निर्माण चरणलाई निर्धारित समयमा पुरा गर्न राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने छलफलमा केन्द्रीस्य सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरुले सिफारिस गरेको विज्ञ सदस्यहरु रहेको जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरुलाई सहयोग तथा सहजीकरण गर्न जिल्ला अनुसारको कार्यदल निर्माण गर्ने छलफल गरियो । कार्यदलले सदस्यता विस्तार साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्ने छ । यस अभियान यही माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन गर्ने समेत छलफल गरियो ।

५. हालै अध्यादेश मार्फत् ल्याइएकाे सहकारी सम्बन्धी विधेयकका सम्बन्धमा समेत छलफल हुदैछ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro