site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भैँसीको मासु निर्यात सम्झौताविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । चीनसँगको भैँसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै विभिन्न संघसंस्थाले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । अहिंसावादी, शाकाहारी संघलगायत संस्थाका व्यक्तिहरूले भैँसीको मासु निर्यात सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘आफू पनि बाँचौँ र अरूलाई पनि बाँच्न दिऔँ’, ‘मासु निर्यात सम्झौता खारेज गरौँ’, ‘सम्पूर्ण प्राणीप्रति करुणाभाव राखौँ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले चीनसँगको भैँसीको मासु निर्यात सम्झौता उचित नभएको भन्दै खारेजीको माग गरेका थिए ।

सम्पूर्ण प्राणीको जीवनरक्षाका निम्ति सरकारलाई ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैँसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको भएको थियो । नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा उक्त सम्झौता महत्त्वपूर्ण हुने सरकारको भनाइ छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro