site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लोकसेवाको परीक्षा कतिपटक दिन पाउने ? यस्तो छ आयोगको प्रस्ताव

काठमाडौं । लोकसेवा आयोगले एउटा व्यक्तिले बढीमा कति पटक परीक्षा दिन पाउने भन्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ । राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले सेवा प्रवेशको उमेर घटाउनुपर्ने बताए ।

सेवा प्रवेशमा खुल्लाको हकमा ३२ र महिला तथा अपांगताको हकमा ३७ वर्ष हुनुपर्ने प्रस्ताव आयोगको छ । लामो समयसम्म परीक्षामा सहभागी हुन पाउने विषयले जीवन नै बर्बाद गरेको बताए ।

“धेरै लामो अवधिसम्म कुनै व्यक्तिलाई अवसर प्रदान गरिरहँदा त्यसलाई अवसर मात्रै प्रदान गरेका छैनौँ । त्यसको जीवन पनि बर्बाद गरेका छौँ,” उनले भने, “जो मान्छे चार–पाँचपटक परीक्षा दिँदा पनि पास नै हुन सक्दैन । त्यसलाई २०औँ पटक जाँच दिने अवसर दिँदा त जीवनभर प्रेसरमा रहने भयो ।”

उनले लोकसेवाको परीक्षामा अवसर दिएर दुःख दिनु उचित नभएको बताए । “घरपरिवारबाट पनि फलानाले पास गरिसक्यो । तँ जाँच दिन पर्छ भनिरहने । गरिब जनताका छोराछोरी डेरा लिएर काठमाडौं सहरमा बस्न बाध्य हुनुपर्ने,” उनले भने, “बाआमा, श्रीमतीले पनि पास गर्नै पर्छ भनेर दबाब दिइरहने । उ पास गर्छु भनेर आइरहने । पासै गर्न नसक्ने ।”

उनले पास हुन नसक्ने व्यक्तिलाई सहजीकरणका लागि परीक्षाको हद तोक्नुपर्ने बताए । “योग्यता, क्षमता नभएको मानिस ५०औँ पटक जाँच दिए पनि पास हुनसक्दैन । त्यस्ता व्यक्तिलाई समयमा नै मुक्त गरेर वैकल्पिक मार्ग अपनाउन सहजीकरण गरेकाले लोकसेवा आयोगले यो प्रस्ताव गरेको हो,” उनले भने, “यो वर्ष अफिसरमा जति खुल्छ फ्रेस ग्याजुएटको अधिकार हो नि त्यो । आफ्नो अवसरमा चाहीँ पास हुन नसक्ने । पछि आफ्ना जुनियरको अवसरमा रटेर, घोकेर पास गर्न मिल्छ ?” उनले भारतमा एक व्यक्ति ६ पटक मात्रै परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro