site stats
बाह्रखरी :: Baahrakhari
खेल
बोर्डर–गाभास्कर ट्रफी : अस्ट्रेलियाविरुद्ध पहिलो दिनमै अलआउट भयो भारत

काठमाडौं । अस्ट्रेलियाविरुद्धको पाँचौँ तथा अन्तिम टेस्टमा भारत पहिलो दिन नै १८५ रनमा समेटिएको छ । शुक्रबारदेखि सिड्नीमा सुरु भएको टेस्टको पहिलो दिनको तेस्रो सेसनसम्म भारतले ७२.२ ओभर खेल्दा १० विकेट गुमाएर १८५ रन बनायो ।

भारतका विकेटकिपर ब्याटर ऋषव पन्तले ४० रन बनाए । यसबाहेक, रविन्द्र जडेजाले २६, जसप्रित बुमराहले २२, विराट कोहलीले १७ र वासिंटन सुन्दरले १४ रन जोडे ।

Argakhachi Cement Island Ad

भारतलाई सस्तैमा रोक्न अस्ट्रेलियाका स्कट बोल्यान्डले चार विकेट लिए । पहिलो दिन २० ओभर बलिङ गरेका बोल्यान्डले आठ मेडन फ्याँक्दै ३१ रनमात्र खर्चिए । मिचेल स्टार्कले तीन विकेट लिए । प्याट कमिन्सले दुई र नाथन लियोनले एक विकेट हात पारे ।

पाँचौँ टेस्टमा जित निकाले अस्ट्रेलियाले आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने छ । भारतलाई भने गणितीय सम्भावना कायम राख्न यस टेस्टमा जित्नैपर्ने दबाब छ । 

पाँचौँ टेस्टमा भारतका नियमित कप्तान रोहित शर्मा प्लेइङ सेटमा छैनन् । नियमित कप्तान नहुँदा भारतीय टिमको कप्तानी जिम्मेवारी जसप्रित बुमराहले पाएका छन् ।

पाँच खेलको शृंखलामा भारतविरुद्ध अस्ट्रेलिया २–१ ले अगाडि छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्