site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मीको विजयी सुरुआत

काठमाडौं । राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा आर्मी सर्लाहीको वाग्मती युवा क्लबविरुद्ध २–० को जित निकालेको हो । आर्मीको जितमा दुवै गोल विमला चौधरीले गरिन् । आर्मीले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो ।

खेलको २५औँ मिनेटमा विमलाले आर्मीलाई अग्रतामा राखेकी थिइन् । आर्मीको डिफेन्स लाइनबाट विमला विकले निकालेको लामो पासलाई नियन्त्रणमा राख्दै विमलाले उत्कृष्ट फिनिसिङ गरिन् ।

यस्तै, ७१औँ मिनेटमा विमलाले नै आर्मीको अग्रता दोब्बर बनाइन् । यसपछि थप गोल नहुँदा आर्मीले २–० को जितसहित तीन अंक पक्का गरेको हो ।

वाग्मती शीर्ष पाँचमा नपरे पनि दोस्रो चरणमा मौका पाउने टोली हो । यसअघि पहिलो चरणमा कोसी प्रदेशले शीर्ष पाँचमा स्थान पक्का गरेको थियो । तर, आर्थिक संकट देखाउँदै कोसीले नाम फिर्ता लिएपछि छैटौँ भएको वाग्मतीले अवसर पाएको हो ।

यसअघि पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro