site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लहडको भरमा निर्णय लिँदा विमानस्थलहरूबाट प्रतिफल प्राप्त भएन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरूबाट प्रतिफल प्राप्त गर्न नसकेको बताए । उनले कुनै पनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्न जरुरी रहेको बताए ।

Dabur Nepal
NIC Asia

उनले विमानस्थलहरूको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउन समेत माग गरे । भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइएको हो ? भन्दै प्रश्न गरे । हालको अवस्थामा उक्त विमानस्थल चलायमान बन्न नसक्ने समेत उनले बताए । काठमाडौस्थित त्रिभुवन विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको उल्लेख गरे ।

अध्यक्ष नेपालले भने, "कुनै पनि परियोजना तर्जुमा गर्नुभन्दा पहिले त्यसको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा हामीले विशेष ध्यान दिनुपर्छ । हाम्रो समस्या केछ भने हामी लहडको भरमा निर्णय लिन्छौँ । योजना बनाउँछौँ, परियोजना तय गर्छौँ, लगानी गर्छौँ तर प्रतिफल प्राप्त हुँदैन । लगानी भनेको प्रतिफल प्राप्त गर्नकै लागि गर्ने हो । त्यत्तिकै पैसा डुबाउनका लागि लगानी गर्ने होइन ।"

भैरहवा विमानस्थललाई डोमेस्टिक विमानस्थलको रूपमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro