site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
४४ प्रतिवादी, एक अर्ब १९ करोड बिगो, रवि लामिछानेको कति ?
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेर बुझाएको हो ।

प्रतिवादीहरूबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो दाबी गर्नुपर्ने राय प्रहरीले दिएको छ । त्यसमध्ये लामिछानेले करिब ६ करोड रुपैयाँ ठगी गरेको खुलेको छ । सोही अनुसारको बिगो लामिछानेको नाममा छुट्टाइएको काठमाडौं प्रहरीले जनाएको छ ।

स्वर्णलक्ष्मी सहकारीमा पाँच हजार ६६९ बचतकर्ताले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ जम्मा गरेको खुलेको थियो । बचतकर्तामध्ये ६९० जनाले प्रहरीमा उजुरी दिएका थिए ।

उनीहरूकै उजुरीका आधारमा गएको कार्तिक २१ मा सहकारी लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरेर काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro