site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जापान जाने तयारीमा रहेकी युवती होटेलमा मृत फेला, सँगै बसेका युवक फरार

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित एउटा होटेलमा युवती मृत भेटिएकी छन् । बौद्धमा बस्दै आएकी सुस्मिता खड्का मृत भेटिएकी हुन् ।

प्रहरीका अनुसार, २२ वर्षीया खड्का बुधबार (हिजो) साँझ पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा मृत फेला परेकी हुन् । बाहिरबाट कोठा बन्द गरिएको अवस्थामा उनको शव फेला परेको हो ।

सुस्मितासँग कोठामा उनका केटा साथी समेत बसेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । मृत्युपछि भने ती युवक चाबी लगाएर भागेको देखिएको प्रहरीले जनाएको छ ।

सुस्मिता जापान जाने तयारीमा थिइन् । उनी केही दिनअघि मात्र जापानबाट नै नेपाल फर्किएका युवकसँग कोठामा बस्न पुगेको खुलेको छ ।

फरार युवकको जापान फर्कने मिति बिहीबार (आज) देखिएको छ । प्रहरीले उनको खोजी थालेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro