site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित

तुलसीपुर । लुम्बिनी प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएको प्रदेश निजामती सेवा ऐन २०८० पुनः पारित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकले उक्त ऐन पुनः पारित गरेको हो । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२८ को उपनियम २ को खण्ड ‘ख’ बमोजिम सोही रूपमा पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतद्वारा पारित गरिएको हो । प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमेश्वर ढकालले प्रदेशसभामा उक्त प्रस्ताव पेस गरेका थिए ।

त्यस क्रममा उनले प्रदेशमा कर्मचारीको अभाव रहेको, ऐनबिना कर्मचारी नियुक्ति गर्न नसकिएको अवस्थामा चौथो अधिवेशनले पारित गरेको बताए । सो विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण नभई फिर्ता भएको थियो ।
 
साथै, प्रदेश आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले उक्त विधेयक सभामा पेस गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १०७ को उपनियम २ बमोजिम उक्त विधेयक प्रदेशसभामा पेस गरिएको हो ।

साथै प्रदेशसभा बैठकको विशेष समयमा सदस्यहरू रत्न खत्री, भगवती अधिकारी, भण्डारीलाल अहीर, निर्मलादेवी चौधरी, तारा थापा, चन्द्रकेश गुप्ता, कनैया बाँनिया, भोजप्रसाद श्रेष्ठ, भुवनेश्वरप्रसाद चौधरी, दिपेन्द्रकुमार पुन र विष्णुप्रसाद पन्थीले आफ्ना धारणा राखेका थिए । रासस

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro