site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वाधार विकास समितिमा २२ उजुरी, समाधान गर्न दुई उपसमिति गठन
Tiktok banner adTiktok banner ad

काठमाडौं । पूर्वाधार विकास समितिमा विभिन्न मन्त्रालयसँग जोडिएका आयोजनाहरूको विषयमा २२ वटा उजुरी परेको छ । बुधबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा २२ उजुरी परेको समितिले जानकारी दिएको हो ।

समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत आठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय तीन, खानेपानी मन्त्रालय दुई, सहरी विकास मन्त्रालय चार, रक्षा मन्त्रालय एक र अन्य चार गरी २२ उजुरी परेको समिति सभापति दीपकबहादुर सिंहले बताए । उनले समितिमा कतिपय उजुरीहरू दोहोरो वा तेहेरो रूपमा परेको जानकारी दिए । समितिमा परेका २२ उजुरीको विषयमा सांसदहरूको छलफलबाट समाधानको लागि पहल गर्ने निर्णय भएको उनले बताए ।

हाइड्रोपावर निर्माण, प्रसारणलाइनका विषयमा परेका उजुरीको विषयमा अध्ययन गर्न पूर्वऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको संयोजकत्वमा पाँच सदस्य उपसमिति गठन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका उजुरी तथा सडक मापदण्डका विषयमा अध्ययनको लागि पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा अर्को उपसमिति बनाएको उनले बताए ।

उनले भने, "पूर्वाधार विकास समितिमा २२ वटा उजुरी परेका थिए । कतिपय उजुरीहरू दोहोरिएर पनि आएका थिए । सबै उजुरीका विषयमा समितिमा छलफल गरी विभिन्न खालका निर्णय गरेका छौँ ।"

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीपिच्छे हचुवाको भरमा सडक मापदण्ड तोक्नु राम्रो नभएको भन्दै कुन मापदण्ड र नियमअनुसार तोकिएको भन्ने विषय समितिलाई जानकारी दिन निर्देशन दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro