site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रधानमन्त्रीद्वारा कन्दराको गीत ‘हुनेछ : द सङ्ग अफ होप’ सार्वजनिक

काठमाडौं । कन्दरा ब्यान्डले अंग्रजी नयाँ वर्ष सन् २०२५ को अवसरमा ‘हुनेछ : द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ । ब्यान्डको भिडियो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । 

सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वबारे प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरूलाई समेटेर यो गीत तयार पारिएको छ । 

गीतले देशप्रतिको प्रेम, राष्ट्रिय एकता र समृद्ध नेपालको सपनालाई जीवन्त राख्न आशा, एकता, परिवर्तन, साहस र त्यागका मूल्यहरूलाई आत्मसात् गर्न प्रेरित गर्छ । 

गीत सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले गीतको प्रशंसा गरे । कन्दराका प्रमुख भोकलिस्ट विवेक श्रेष्ठलाई ओलीले भने, “साह्रै राम्रो गाउनुभएको रहेछ, कति मिठो गीत । ठ्याक्कै देशले खोजे जस्तो ।” 

गायक श्रेष्ठले यो गीतले नेपालीमाझ सकारात्मक सम्भावनाको विम्ब प्रस्तुत गरेको बताए । उनले भने, “यो गीत आशाको किरण हो, जसले हरेक नेपालीलाई आफ्नो दायित्व, जिम्मेवारी र एकताबद्ध भएरअगाडि बढ्न प्रेरणा दिनेछ ।” 

गीतमा शब्द तथा संगीत ब्यान्डका ड्रमवादक सुनील थापाको छ । गीतको भिडियो निर्देशन र कथा केदार भुसालले तयार पारेका हुन् । 

गिटार, मिक्सिङ र मास्टरिङ देव लामाले गरेका छन्, बासमा पंकज झा, किबोर्डमा उमेश थापा र पर्कसनमा अविनाश गायकले योगदान दिएका कन्दराले प्रेस नोटमा उल्लेख छ ।  गीतको एरेन्ज र गिटार वर्क हरि महर्जनले गरेका छन् । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्