site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भरतपुरमा सन्तुलित विकास भएको छ : प्रचण्ड

नारायणगढ (चितवन) । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरको सबै क्षेत्रमा सन्तुलित विकास भएको बताएका छन् ।

भरतपुरस्थित मेघौलीमा आज आयोजना भएको भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थाबाट उठेर भरतपुर महानगरपालिकाले सबै क्षेत्रमा विकास गरेको बताए ।

अध्यक्ष प्रचण्डले भने, “नेत्तृत्वले इमान्दारीताका साथ गर्न चाह्यो भने जनताको सेवाप्रति, जनताको विकासको आवश्यकता र आकांक्षीप्रति इमान्दर भएर गर्न चाह्यो भने धेरै काम गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण भरतपुरमा प्रस्तुत भएको छ ।” उनले भरतपुरको सिको देशभरिका सबै तहले तहले गर्नुपर्ने बताए ।

उनले भने, “प्रकृतिले दिएको जल, जमिन, जडीबुटी,  हिमाल, पहाड र तराई  सबै पर्यटकीयस्थल हो । त्यसको निम्ति भौतिक पूर्वाधार जनचेतना र रचनात्मक  कार्यक्रमको विकास भने नेत्तृवले गर्नुपर्ने हुन्छ । यो सबै चितवन तथा भरतपुरमा रहेको छ ।”

भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर तथा मेघौलीलाई पर्यटनबाट विकास गर्नका लागि सुरक्षित सहरको रूपमा विकास गर्दै आइएको बताइन । रासस

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro