site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
स्रष्टा समाजले मनायो १८औँ स्थापना

काठमाडौं । नेपाल स्रष्टा समाजले स्थापनाको १८औँ दिवस विशेष कार्यक्रम गरी मनाएको छ । उक्तअवसरमा समाजले नेपाली भाषा साहित्यमा समर्पित दुई व्यक्तित्वलाई सम्मानित गरेको छ ।

मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार डा. राजेन्द्र विमलले भाषासेवी तथा साहित्यकार आरडी प्रभास चटौतलाई २१ हजार १०१ नगद राशिसहित ‘सुभद्रा विश्वराज स्रष्टा सम्मान’ र कवि मनोज भण्डारीलाई १५ हजार एक नगद राशिसहित ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ प्रदान गरे ।

Dabur Nepal
NIC Asia

प्रमुख अतिथि डा. विमलले नेपाली साहित्यलाई विश्वस्तरमा पुर्‍याउने नैतिक दायित्व नेपाली साहित्यकारहरूको नै भएको बताए । डा. विमलले साहित्य र दर्शनको प्रसंग उठाउँदै मानिसको जीवनको अर्थ र त्यसको सार्थकताबारे विहङ्गम चर्चा गरे ।

साहित्यिक पत्रकार रोचक घिमिरेले स्रष्टा समाजको कार्य स्तुत्य रहेको बताए भने समाजका संरक्षक पवन आलोकले २०६४ साल पुस १६ गतेको दिन स्मरण गर्दै स्रष्टा समाज युवावयमा प्रवेश गरेको उल्लेख गरे ।

कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, सम्मानितहरू आरडी प्रभास चटौत र मनोज भण्डारी, डा. शान्तिमाया गिरी, पुरस्कारका संस्थापकहरू विधान आचार्य, चेतनाथ कँडेल र डा. सदानन्द कडेलले बोलेका थिए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro