site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा
सांकेतिक तस्बिर ।

सिमकोट (हुम्ला) । जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका आठ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ताँजकोट क्षेत्रका विभिन्न आठ वटा बस्ती भिरालो जमिन रहेकाले उच्च जोखिममा रहेको निष्कर्ष निकालेको हो । ताँजकोट गाउँपालिकाको वडा नम्बर १ को कोलपेल्ना, वडा नम्बर २ को दलितबाडा, वडा नम्बर ३ को भ्यालबाडा र रोकायाबाडा, वडा नम्बर ४ को ओखडेना, वडा नम्बर ५ को लोटपाटा र दलित बाडा बस्ती उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।

Dabur Nepal
NIC Asia

भिरालो जमिन पहिरोको उच्च जोखिम रहेको भन्दै ताँजकोट गाउँ कार्यपालिकाले पुस ३ गते स्थान्तरणका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको उनले जानकारी दिए । जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा स्थान्तरण गर्न सुरक्षित स्थान पहिचान गरी बस्ती विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ ।

उक्त बैठकले जिल्लामा विभिन्न समयमा हुनसक्ने विपद्का घटना र त्यसको पूर्वतयारीका विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार बैठकमा जिल्ला विपद् व्यवस्थापन समितिको यसअघिका बैठकबाट भएका निर्णयको कार्यान्वयन अवस्थाका बारेमा समीक्षा एवं विश्लेषण गरिएको थियो ।

त्यसैगरी बैठकले विपद्बाट पूर्ण क्षति भएका घर लगायतका भौतिक संरचना गुमाउन पुगेका २५ प्रभावित परिवारलाई राहतस्वरूप जिल्ला विपद् व्यवस्थापन कोषबाट तीन लाख ३० हजार उपलब्ध गराउने निर्णय गरेको छ । प्रत्येक पीडित परिवारलाई १५ हजारका दरले राहत उपलब्ध गराइनेछ ।

यस्तै, मंसिर २६ सर्केगाड गाउँपालिका वडा नम्बर ७ रोडिकोट र सिमकोट गाउँपापलका वडा नम्बर ८ यांगु गाउँका आगलागी पीडितको घर पुनर्निर्माणका लागि आवश्यक सहजीकरण गर्न राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण तथा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जिल्लाबाट सिफारिस पठाउने निर्णय गरिएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro