देश
काठमाडौं । चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । अन्य पाँचजना घाइते भएका छन् ।
रत्ननगर नगरपालिका–१३ स्थित जयमँगलामा गैँडाको आक्रमणबाट ७० वर्षीया कृष्णाकुमारी थापाको उपचारको क्रममा निधन भएको हो ।
यस्तै, ७८ वर्षीय डम्मरबहादुर थापा, ७२ वर्षीय चेतनाथ चौलागाईं, ३९ वर्षीया सीता पोख्रेल, ६० वर्षीया मिना गुरुङ र २५ वर्षीया पुजन बिक घाइते भएका छन् ।
उनीहरूको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१ १७:४५
प्रतिक्रिया दिनुहोस्