site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफूलाई प्रहरी बताएर बालिका 'अपहरण गर्ने' दुईजना पक्राउ

काठमाडौं । अपहरण गरेर शरीर बन्धक बनाएको आरोपमा कञ्चनपुरमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का ३५ वर्षीय महेशसिंह खत्री र ३३ वर्षीय धुर्व जोशी छन् ।

प्रहरीका अनुसार, उनीहरूले गत शनिबार १६ वर्षीया एक बालिकालाई भीमदत्त नगरपालिका–६ स्थित शिव मन्दिर नजिकबाट अपहरण गरेका थिए । साथीसँग हिँडिरहेको अवस्थामा आफूहरूलाई प्रहरी बताएर उनीहरूले ती बालिकालाई अपहरण गरेको प्रहरीको भनाइ छ ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आइतबार भीमदत्त नगरपालिका–१६  स्थित वसन्तपुरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई अपहरणको क्रममा प्रयोग गरिएको बा.५५.प. ९६१३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरअन्तर्गत जिल्ला अदालत कञ्चनपुरबाट सात दिनको म्याद लगेर अनुसन्धान थालिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro