site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अल हिलालबाट एक वर्षपछि नेइमारको गोल

काठमाडौं । ब्राजिलियन फरवार्ड नेइमार जुनियर साउदी प्रो लिगको क्लब अल हिलालबाट दुई महिनापछि मैदानमा उत्रिएका छन् ।

अल हिलालले प्रो लिगको मध्य सिजन जारी रहँदा सोमबार राति साउदी लिगकै अर्को क्लब अल फायहाविरुद्ध मैत्रीपूर्ण फुटबल खेलेको थियो । उक्त खेलमा नेइमार अल हिलालबाट मैदानमा उत्रिएका हुन् ।

मैत्रीपूर्ण फुटबलमा नेइमारले पनि गोल गरेपछि अल हिलालले २–० को जित निकाल्यो । यो नेइमारले अल हिलालबाट १४ महिनापछि गरेको गोल हो । तर, मैत्रीपूर्ण प्रतिस्पर्धा भएकाले नेइमारको यो गोलले आधिकारिकता पाउने छैन । नेइमारले पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा अल हिलालबाट गोल गरेका थिए । 

त्यसको केही समयपछि एसीएल इन्जुरीका कारण मैदानबाट लामो समय बाहिर रहेका नेइमारले यसै वर्षको अक्टोबरमा पुनरागमन गरेका थिए । तर, पुनरागमनकै समयमा पुनः ह्यामस्ट्रिङ चोटले सताएपछि नेइमार फेरि दुई महिना मैदानबाट बाहिरिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro