site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एक्टरः टेक वन’को पोस्टर सार्वजनिक

काठमाडौं  । चलचित्र ‘एक्टरः टेक वन’का दुई नयाँ पोस्टर र मोसन पोस्टर सार्वजनिक गरिएको छ । माघ १६ गते रिलिज हुने चलचित्रको पोस्टर निर्देशक राजन भुसालले सार्वजनिक गरेका हुन् । 

एक पोस्टरमा प्रमुख कलाकार प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइराला फिचर्ड छन् । अर्को पोस्टरमा अभिनेता द्वय खड्का र कोइरालालाई मात्र प्रस्तुत गरिएको छ ।

विजय बस्यालले डिजाइन गरेका यी पोस्टरले चलचित्रको कथा र चरित्रहरूलाई चित्रण गर्ने प्रयास गरेका छन् । 

यो चलचित्रबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन् । दिव्या रायमाझीले यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन् । 

राजन भुसालले निर्देशन गरेको चलचित्रमा स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । 

चलचित्रमा प्रदीप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायत कलाकारहरूको प्रमुख भूमिका रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro