site stats
बाह्रखरी :: Baahrakhari
देश
लमजुङको परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता

सुन्दरबजार (लमजुङ) । लमजुङको सुन्दरबजार नगरपालिका–२, परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ ।

पुस १५ को अवसरमा देवभूमि युवा क्लब सुन्दरबजार नगरपालिका–२ को आयोजनामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो

Argakhachi Cement Island Ad

परेवाडाँडाको खड्कागाउँमा रहेको आहाले खेल मैदानमा गरिएको सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका–७, तार्कुटारका कुमराज परियारको गोरु प्रथम भएको छ । यस्तै, सुन्दरबजार–२, परेवाडाँडाका प्रकाश पन्तको गोरु दोस्रो तथा भानु नगरपालिका–१०, दुधेकुनाका विष्णु रावलको गोरु तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम हुने गोरुधनीलाई १५ हजार, दोस्रो हुने गोरुधनीलाई १० हजार र तृतीय हुने गोरुधनीलाई पाँच हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजक देवभूमि युवा क्लबका अध्यक्ष महेश परियारले जानकारी दिए ।

लमजुङको परेवाडाँडामा विगत केही वर्षदेखि निरन्तर रूपमा पुस १५ को अवसरमा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिँदै आएको छ । सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगितामा लमजुङ र तनहुँका गरी २० गोरुलाई सहभागी गराइएको थियो । रासस

 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २३:३२
प्रतिक्रिया दिनुहोस्