site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा अन्तिम संस्कारको नयाँ तरिका ‘मानव कम्पोस्ट’

काठमाडौं । लाउरा मुकेनहुप्टका २२ वर्षीय छोराको मृत्यु भयो । छोराको मृत्युपछि उनी स्वभावतः दुःखी थिइन् । तर, छोराको शरीरलाई सयौँ किलो कम्पोस्ट (मानव)मा परिणत गरेपछि भने उनको अनुहारमा खुसी छायो ।

संयुक्त राज्य अमेरिकामा पछिल्लो समय मानव कम्पोस्ट प्रविधि लोकप्रिय हुँदै गइरहेको छ । मानव कम्पोस्टमा मान्छे मरेपछि शरीर गाड्ने वा जलाउने नभई मृत शरीरबाट कम्पोस्ट तयार गरिन्छ । अमेरिकामा मरेका ६० प्रतिशतभन्दा बढीलाई गाडिन्छ ।

मानव कम्पोस्ट बनाउने प्रक्रियामा मृत शरीरलाई बायोडिग्रेडेबल कपडामा बेरिन्छ । त्यसपछि शवको वरीपरी काठका टुक्रा, जंगल फूल र पातपतिंगर राखिन्छ । शव र यी सामग्रीलाई ठूलो फलामको भाँडामा बन्द गरेर राखिन्छ । विस्तारै शव ‘डिकम्पोज’ हुन थालेपछि नाइट्रोज ग्याँस उत्पन्न हुन्छ र वरीपरी राखिएका वस्तुले कार्बन उत्पादन गर्छन् । शव राखिएको त्यो भाँडोलाई निश्चित ताक्रमममा राखेपछि ‘माइक्रो ब्याक्टेरिया’ले ४५ दिनमा शवलाई कम्पोस्ट मलमा परिणत गर्छन् ।

Dabur Nepal
NIC Asia

यसरी बनाइएको कम्पोस्ट परिवारका सदस्यले जति चाह्यो उति लिन सक्छन् । मानव कम्पोस्ट कम्पनी ‘अर्थ फ्युनरल’का प्रमुख कार्यकारी अधिकृत टम ह्यारिसका अनुसार बाँकी बचेको मानव कम्पोस्ट क्यालिफोर्नियामा रहेको संरक्षण परियोजनालाई उपलब्ध गराइन्छ ।

“हामी प्राकृतिक प्रक्रियालाई थप छिटो बनाउँछौँ,” ह्यारिस भन्छन्, “मानव कम्पोस्ट मृत्युपछिको वैकल्पिक जीवनका रूपमा स्थापित हुँदैछ ।” उनका अनुसार मानव कम्पोस्ट प्रविधि पर्यावरणका लागि पनि फाइदाजनक छ ।  मानव शरीरलाई कम्पोस्टमा रूपान्तरण गर्ने यो प्रविधिमा कुनै पनि रसायन प्रयोग गरिँदैन ।

लाउराले पनि छोराको शरीरलाई मानव कम्पोस्टमा रूपान्तरण गरिन् । छोराको शवलाई मानव कम्पोस्टमा रूपान्तरण गरेपछि उनलाई लाग्यो ‘अब छोरा कुनै न कुनै रूपमा हामीसँगै रहन्छ ।’

लाउराको छोराको शरीरबाट बनेको कम्पोस्ट यतिखेर इन्डोनेसिया, टस्कनी, पोर्चुगल र हवाईसम्म पुगेको छ । ती ठाउँमा त्यो कम्पोस्ट प्रयोग गरेर फलफूल रोपिएका छन् ।

उनले आफ्नै घरमा पनि छोराको शवबाट बनेको कम्पोस्टमा गुलाबको फूल रोपेकी छन् । हरेकपटक गुलाबको फूल फूल्दा उनलाई छोरा नै छोटो यात्रामा फर्के जस्तो लाग्छ । त्यसैले उनले छोराको प्रिय कुर्सीको छेउमा नै गुलाबको फूल रोपेको गमला राखेकी छन् ।

मानव कम्पोस्ट प्रविधिलाई कानुनी मान्यता दिने प्रयास पनि भइरहेको छ । अमेरिकाका १२ वटा राज्यमा यससम्बन्धी कानुनको विधेयक तयार भइसकेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro