site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रविसहित ६ जनाको बयान मंगलबार सकिने, त्यसलगत्तै थुनछेक बहस

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबारदेखि थुनछेक बहस सुरु हुने भएको छ । गएको आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

हिरासतमा रहेका लामिछानेसहित ६ जनाको बयान मंगलबार सकिनेछ । त्यसलगत्तै थुनछेक बहस सुरु हुने एक अधिवक्ताले जानकारी दिए ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईंको सहकारी ठगीबाहेक संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ । तीनवटा फरकफरक कसुरमा बयान लिँदा उनीहरूलाई बढी समय लागेको थियो ।

Dabur Nepal
NIC Asia

गएको सोमबार छविलालको बयान लिइएको थियो भने भोलिपल्ट उनको बयान सकेर पछाईंको बयान सुरु भएको हो । बुधबार सार्वजनिक बिदा परेका कारण पछाईंको बयान बिहीबार सकियो र लामिछानेको सुरु भयो । लामिछानेको बयान शुक्रबार सकिएको थियो ।

आइतबार भने कृष्णप्रसाद गुरुङ, गण्डकीकी पूर्वसांसद मीना गुरुङ र रामबहादुर खनालको बयान सकिएको छ । अब बयान लिन आरती गुरुङको मात्रै बाँकी छ । यिनीहरूलाई सहकारी ठगी मुद्दामा मात्र बिगो र सजाय माग गरिएको छ । सोमबार सार्वजनिक बिदा भएका कारण आरतीको बयान मंगलबार मात्रै हुनेछ ।

अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बयान बिहान ११ बजे सुरु हुनेछ । खाजा समयभन्दा अगाडि नै बयान सक्ने र खाजा ब्रेकपछि थुनछेक बहस सुरु हुने ती अधिवक्ताले जानकारी दिए ।

राईकै इजलासले रविसहितका प्रतिवादीहरूलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ । लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गर्दै प्रतिवादी बनाइएको छ ।  

सम्पत्ति शुद्धीकरणको कसुरमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो कायम गरिएको छ । उनीबाट यो बिगो भराउन र कैद सजाय गर्न पनि माग गरिएको छ ।

रवि र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति पनि जफत गर्न सरकारी वकिलको माग छ । निकितालाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ ।

रविको नाममा काभ्रेपलान्चोकको नाल्दुम बालुवापाटनमा रहेको १–१–१–१ क्षेत्रफलको जग्गा जफत गर्न माग गरिएको हो ।

यस्तै, निकिताका नाममा बूढानीलकण्ठमा रहेको पाँच आना जग्गा पनि जफत गर्न माग गरिएको छ । उक्त जग्गाको मूल्य तीन करोड ८५ लाख रुपैयाँ बराबरको रहेको अभियोगमा उल्लेख छ ।

सहकारी ठगीमा ३१ जना, संगठित अपराधमा १९ जना, सम्पत्ति शुद्धीकरणमा चारजना र राष्ट्र बैंकअन्तर्गतको कसुर (क्रिप्टो) मा दुईजनाविरुद्ध अभियोग लगाइएको हो ।

सहकारी ठगीमा रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणी बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लीला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई र ओमप्रकाश गुरुङलाई प्रतिवादी बनाइएको छ ।

यस्तै, बीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लीलाबहादुर गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेलविरुद्ध अभियोगपत्र दायर गरिएको हो । उनीहरूविरुद्ध व्यक्तिगत र सामूहिक बिगो कायम गरिएको छ ।

सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी जोशी, माओवादी नेता दीपेश पुनसहित ६३ लाई प्रतिवादी बनाएर एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ विगो दाबीसहित अभियोग पत्र दायर गरेको थियो । ५० जना व्यक्ति, आठ कम्पनीविरुद्ध सहकारी ठगीसहितको मुद्दा दर्ता भएको छ । यस्तै, पाँचजनाविरुद्ध सम्पत्ति जफतको अभियोग दायर भएको सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ । यसअघि गत शुक्रबार १९ जनाविरुद्ध थप अभियोग दर्ता गराएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro